सडक दुर्घटना हुँदा कुवेतमा झापाकि जलिनाको निधन

IMG-20240716-WA0079

झापा: कुवेतमा वैदेशिक रोजगारीका क्रममा सडक दुर्घटनामा परी एक नेपाली महिलाको निधन भएको छ। बिर्तामोड नगरपालिका–९ घर भएकी २६ वर्षीया जलिना तामाङको कुवेतको मंगाफ क्षेत्रमा सडक दुर्घटनामा परी निधन भएको हो। उनलाई बाटो काट्ने क्रममा कारले ठक्कर दिएको पारिवारिक स्रोतले जनाएको छ। अल–जाजिरा कम्पनीमा कार्यरत उनी चार महिनाअघि कुवेत पुगेकी थिइन्। उनको एक छोरी र श्रीमान रहेको पारिवारिक स्रोतले जनाएको छ।

About Author

Advertisement