थोमस मूलर र शकीरीद्वारा सन्न्यासको घोषणा

photocollage_2024716113120403

नयाँ दिल्ली: यूरोपियन च्याम्पियनशीप (यूरो कप)-को समापनसँगै दिग्गज फूटबलरहरुले खेलबाट सन्न्यासको घोषणा गर्न थाले। यस क्रममा जर्मनीका स्टार फरवर्ड थोमस मूलर र स्विट्जरल्याण्डका दिग्गज खेलाड़ी जेरदान शकीरीले अन्तर्राष्ट्रिय फूटबलबाट सन्न्यासको घोषणा गरे। च्याम्पियन स्पेनविरुद्ध यूरो कप २०२४-को क्वार्टर फाइनल म्याचसँगै मूलरको १४ सालको अन्तर्राष्ट्रिय करियर पनि समाप्त भयो। त्यस म्याचमा जर्मनी १-२-ले पराजित भएको थियो। मूलर २०१४-मा फिफा वर्ल्ड कप च्याम्पियन टीमका महत्त्वपूर्ण सदस्य रहेका थिए। यस ३४ वर्षीय खेलाड़ीले जर्मनीको निम्ति १३१ वटा म्याच खेलेर ४५ गोल गरे। मूलरले यूट्यूब च्यानलमा भने, आफ्नो देशको तर्फबाट खेल्दा मलाई सदा गर्व अनुभव भयो। हामीले मिलेर जीतको खुशीयाली मनायौं अनि कहिले-काहीँ साथमा आँशु पनि बहायौ। यति लामो समयसम्म निरन्तर समर्थनको निम्ति म जर्मनी टीमका साथीहरू र प्रशंसकहरूप्रति कृतज्ञता व्यक्त गर्न चाहन्छु। मूलरले २०१०-मा अर्जेण्टिनाविरुद्ध म्याचको साथ अन्तर्राष्ट्रिय फूटबलमा पदार्पण गरेका थिए। उनले ४ वटा फिफा वर्ल्ड कप र त्यति नै यूरो कपमा हिस्सा लिए। उनी जर्मनीको अण्डर-१६, अण्डर-१९, अण्डर-२० र अण्डर-२१ टीमको पनि हिस्सा रहेका थिए।
यसरी स्विट्जरल्याण्डका स्टार खेलाड़ी शकीरीले पनि सोमवार अन्तर्राष्ट्रिय फूटबलबाट सन्न्यास लिए। आफ्नो १४ साल लामो यात्रा समाप्त भएको उनले सोशल मीडियामा जानकारी दिए। यस ३२ वर्षीय खेलाड़ी जर्मनीमा हालै सम्पन्न यूरो कपमा स्विस् टीमको प्रतिनिधित्व गरेका थिए। स्विट्जरल्याण्डले टुर्नामेण्टमा क्वार्टर फाइनलसम्मको यात्रा तय गरेको थियो, जहाँ टीमले ईंग्ल्याण्डविरुद्ध पेनल्टी शूटआउटमा ५-३-ले हारको सामना गर्नु परेको थियो। यूरो २०२४-मा शकीरीले स्कटल्याण्डविरुद्ध आफ्नो एकमात्र गोल गरे। शकीरीले सोशल मीडियामा लेखेका छन्, ७ वटा टुर्नामेण्ट, धेरै गोल, स्विस् राष्ट्रिय टीमसँग १४ साल र अविस्मरणीय क्षणहरू। राष्ट्रिय टीमलाई बिदाई जनाउने समय आएको छ। असाधारण यादहरू बनियो अनि यस यात्रामा मलाई साथ र समर्थन दिने सबैलाई धन्यवाद। मीडफिल्डर शकीरीले २०१०-मा स्विट्जरल्याण्डको तर्फबाट आफ्नो पहिलो म्याच खेलेका थिए। उनले स्विट्जरल्याण्डको तर्फबाट १२५ वटा म्याच खेलेर ३२ गोल गरे। उनले राष्ट्रिय टीमबाट ४ वटा फिफा विश्व कपमा पनि हिस्सा लिए।

About Author

Advertisement