सिलगढीमा पोक्सो ऐन र मानव बेचबिखनविरुद्ध सचेतना कार्यक्र
सिलगढी: समुदायमा आधारित सचेतना अभिवृद्धि कार्यक्रमअन्तर्गत सिलगढी महिला पुलिस थानाले ‘शक्ति वाहिनी’ नामक गैरसरकारी संस्थासँगको सहकार्यमा सिलीगुडीस्थित रामकृष्ण शारदामणि विद्यापीठ उच्च विद्यालयमा एक विशेष सचेतना कार्यक्रमको आयोजना गरेको छ।
उक्त कार्यक्रममा पोक्सो ऐनका कानुनी प्रावधान, मानव बेचबिखन नियन्त्रण तथा रोकथाम र लागूऔषध दुर्व्यसनका गम्भीर असरहरूबारे विद्यार्थीहरूलाई विस्तृत जानकारी गराइएको थियो।
सो अवसरमा विद्यार्थीहरूलाई उनीहरूको अधिकार, व्यक्तिगत सुरक्षाका उपायहरू, शोषणविरुद्ध सजग रहने तरिका र लागूऔषधको दुर्व्यसनबाट कसरी जोगिने भन्ने विषयमा सचेत गराइएको छ।
एक सुरक्षित र सुदृढ समाज निर्माणका लागि सचेतना, शिक्षा र सामुदायिक साझेदारीका माध्यमबाट युवा वर्गलाई सशक्त बनाउन आफूहरू निरन्तर प्रतिबद्ध रहेको सिलगढी पुलिस कमिश्नरेटले जनाएको छ।









