सऊदीका ग्यास प्लान्ट र रिफाइनरीमा हुथीको भीषण आक्रमण, ‘इस्लामिक नाटो’को पहिलो परीक्षा

b0b6224d-f63e-4ed6-b20c-2791df702217

रियाद: यमनका हुथी विद्रोहीहरूले सऊदी अरबका महत्त्वपूर्ण ऊर्जा संरचनाहरूलाई निशाना बनाउँदै भीषण आक्रमण गरेका छन्। खाडी तटस्थित अल जुबैलमा रहेको साउदी अरामकोको बेरी ग्यास प्लान्ट र रातो सागर किनारमा रहेको जाजान रिफाइनरीमा आक्रमण भएपछि भीषण आगलागी भएको छ।
​अल जुबैल विश्वकै प्रमुख पेट्रोकेमिकल हब मानिन्छ, जसले साउदीको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) मा ७ प्रतिशतभन्दा बढी योगदान पुर्‍याउँदै आएको छ। नासा को एफआईआरएमएस (फायर इंफॉर्मेशन फॉर रिसोर्स मैनेजमेंट सिस्टम) स्याटेलाइट तस्विरमा बेरी ग्यास प्लान्टमा ठूलो मात्रामा आगलागी भएको पुष्टि भएको छ।
​यो आक्रमण साउदी अरब, टर्की र पाकिस्तानबीच जेद्धामा सामूहिक रक्षाका लागि ‘मक्का सम्झौता’ हस्ताक्षर भएको दुई दिनपछि भएको हो। ‘इस्लामिक नाटो’ को स्वरूप मानिएको यो सुरक्षा सम्झौतापछि भएको आक्रमणलाई उक्त गठबन्धनको पहिलो ठूलो परीक्षाका रूपमा हेरिएको छ। आक्रमणबाट भएको क्षतिको पूर्ण विवरण आउन बाँकी छ।

About Author

Advertisement