सेवकमा सडक सुरक्षा सप्ताह अन्तर्गत जनचेतनामूलक कार्यक्रम सप्पन्न

42b77b6a-1642-4745-81fa-b2f66848f1a8

खरसाङ: सेवकमा सडक सुरक्षा सप्ताह २०२६ अन्तर्गत सडक सुरक्षा तथा ट्राफिक नियमसम्बन्धी जनचेतनामूलक कार्यक्रम आयोजना गरिएको छ। कार्यक्रम सेवक थाना ओसी अनिर्बान नायक तथा अन्य पुलिस अधिकारीहरूको उपस्थितिमा सम्पन्न भयो। कार्यक्रमको आयोजना सेवक ट्राफिक पुलिसका ओसी मिलन गुरुङको समन्वयमा गरिएको थियो। कार्यक्रममा स्थानीय नागरिक, पुलिस अधिकारी तथा सिभिक भोलिन्टियरहरूको सक्रिय सहभागिता रहेको थियो। सडक दुर्घटना न्यूनीकरण, ट्राफिक नियमको पालना, हेल्मेटको अनिवार्य प्रयोग तथा सुरक्षित रूपमा सवारी सञ्चालन गर्नुपर्ने विषयमा सहभागीहरूलाई सचेत गराइएको थियो। कार्यक्रम मार्फत सडक सुरक्षा सबैको साझा जिम्मेवारी भएकाले चालक तथा पैदलयात्रीले ट्राफिक नियमको पालना गर्दै सुरक्षित यात्रा गर्नुपर्ने सन्देश दिइएको थियो।

About Author

Advertisement