श्रीलंकाबाट हटाइयो महिला च्याम्पियन्स ट्रफी, आयोजनाको दौडमा भारत

Screenshot_20260831_224041_Google

कोलम्बो: आगामी वर्ष पहिलोपटक आयोजना हुन लागेको महिला आईसीसी च्याम्पियन्स ट्रफी श्रीलंकाबाट सारिने भएको छ। प्रतियोगिता श्रीलंकामा आयोजना हुने तय भए पनि विश्व क्रिकेटको नियामक निकाय आईसीसीले श्रीलंकालाई आयोजकको सूचीबाट हटाएको हो। आईसीसी ट्रान्सफर्मेसन कमिटीका सचिव प्रकाश शाफ्तरले प्रतियोगिता श्रीलंकाबाट सारिएको पुष्टि गरेका छन्।
सन् २०२७ फेब्रुअरीमा हुने छ टोली सहभागी प्रतियोगिताको नयाँ आयोजकका रूपमा भारत सबैभन्दा अगाडि रहेको बताइएको छ। श्रीलंका क्रिकेट बोर्डमा सरकारी हस्तक्षेप भएको भन्दै आईसीसीले यस्तो निर्णय गरेको जनाइएको छ। यससँगै एसएलसीको आईसीसी बोर्डमा प्रतिनिधित्वसमेत स्थगित गरिएको छ।
आयोजकबाट श्रीलंका हटेपछि प्रतियोगितामा उसको सहभागितामाथि पनि प्रश्न उठेको छ। नयाँ आयोजक र सहभागी टोलीबारे आगामी आईसीसी बैठकमा अन्तिम निर्णय हुने सम्भावना छ।

About Author

Advertisement