देशका विभिन्न राजमार्ग बन्द

IMG-20260831-WA0067

बिर्तामोड: बाढी र पहिरोका कारण देशका विभिन्न राजमार्ग आज पनि बन्द रहेका छन्।
पृथ्वी राजमार्गअन्तर्गत बेनीघाट रोराङ गाउँपालिका–७ स्थित कृष्णभीरमा सडक पहिरोले बगाएपछि हिजोदेखि नै पृथ्वी राजमार्ग पूर्ण रूपमा बन्द भएको छ। त्रिशूली नदीको कटानका कारण सडकu भासिएपछि पैदल हिँड्नसमेत रोक लगाइएको छ।
त्यसैगरी, धादिङको गजुरी गाउँपालिका–२ स्थित परेवाभीरमा बाढीका कारण सडकको तल्लो भाग भासिएपछि यातायात पूर्ण रूपमा बन्द भएको छ।
यस्तै, मुगुबाट गमगढी आउने सडक पनि अविरल वर्षाका कारण बन्द भएको छ। ओखलढुङ्गास्थित सिद्धिचरण लोकमार्गअन्तर्गत मानेभञ्ज्याङ गाउँपालिका–६ र ७ जोड्ने सडकसमेत बन्द भएको छ।
लमजुङको मर्स्याङ्दी गाउँपालिका–४, श्रीचौरस्थित बेँसीसहर–मनाङ सडक पनि पूर्ण रूपमा बन्द भएको प्रहरीले जनाएको छ।

About Author

Advertisement