श्रीरामभक्त हनुमानलाई लिएर मनोज मुंतशिरको विवादित बयान

00-1-Adipurush-1-2

मुम्बई: फिल्म ‘आदिपुरुष लाई लिएर विवाद बढ्दै गइरहेको छ। फिल्मको डाइलगले दर्शकहरूलाई निकै चकित बनाएको छ। विशेषगरि हनुमानको डाइलगमाथि दर्शकहरूले आपत्ति जनाएका छन्। परिणामस्वरूप संवाद लेखक मनोज मुंतशिर तारो बनेका छन्। दर्शकहरूको आक्रोश हेर्दाहेर्दै पनि आदिपुरुषका मेकर्स आफ्नो बयानमा अडिग छन्। वर्तमान पीढीलाई ध्यानमा रखेर संवाद लेखिएको थियो भन्ने उनीहरूको भनाइ छ।

यस क्रममा लेखक मुंतशिरको अझ एउटा बयानले सनसनी मचिएको छ। फिल्ममा हनुमानले बोलेको ‘जलेगी तेरे बाप की…’ जस्ता डाइलगलाई लिएर मुंतशिरको नयाँ बयानले अझ विवादलाई निम्त्याएको छ। उनले एउटा अन्तर्वातामा भनेका छन्, ‘हनुमानको डाइलग श्रीराम जस्तो छैन, किनकि हनुमान भगवान होइनन्, उनी भक्त हुन्। हामी हनुमानलाई भगवान मान्छौं, किनकि उनको भक्तिमा त्यो शक्ति थियो।’ उनको यस्तो बयानले आगोमा घिउ हाल्ने काम गरेको छ। -हिस

About Author

Advertisement