गठबन्धनका दुईजना प्रार्थीहरूलाई जबरजस्ती नामांकन पत्र फिर्ता गराउन खोजेको हाम्रो पार्टीको आरोप

IMG-20230620-WA0307.jpg

खरसाङ: भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाद्वारा महा गठबन्धनका दुई प्रार्थीहरूलाई जबरजस्ती नामाङ्कन फिर्ता लिन दवाब दिएको आरोप हाम्रो पार्टीले उठाएको छ। महागठबन्धन दलका खरसाङ खण्ड संयोजक तथा हाम्रो पार्टी प्रवक्ता विवेक तामाङले पत्रकारहरूलाई जनाए अनुसार खरसाङ खण्ड अन्तर्गत तराईको मालीभिट्टा बुथका ग्राम पञ्चायत अनि पञ्चायत समितिबाट महागठबन्धनको टिकटमा खडा भएका अञ्जली खेवाल अनि प्रताप नागेसियालाई त्यसै क्षेत्रका जीटीए सभासद परेश तिर्कीले आज आफ्नो चुनाउ चिन्ह लिन खण्ड विकास कार्यालय आइरहेको समय तिनको गाडीमा ल्याएर जबरजस्ती नामाङ्कन फिर्ता लिने दवाब दिएको जनाउँदै यसलाई तिनले आफ्ना प्रार्थीहरूलाई हाइज्याक गर्न खोजेको आरोप लगाएका छन्। तामाङले यी दुइ प्रार्थीहरूलाई पार्टी अध्यक्ष अनित थापाकोमा समेत लगेर दवाब दिने कार्य गरेको जनाए। यता दुइजना प्रार्थीहरू प्रताप नागेसिया अनि अञ्जली खेवालले पनि तिनीहरूलाई विपक्षी पार्टीका सभासद परेश तिर्कीले विभिन्न प्रलोभनहरू देखाएर नामाङ्कन फिर्ता लिने दवाब दिएको जनाए। तिनीहरूले आफूहरू गाउँ विकासको निम्ति यस चुनाउमा खडा भएको जनाउँदै आजसम्म यहाँका सत्ताधारी पार्टीले कुनै विकास नगरेको जनाए। गणतान्त्रिक देशमा आफ्नो इच्छा अनुसार चुनाउ लड्नु अथवा कुनै पनि कार्य गर्न पाउनुपर्छ भन्दै तर यहाँ त्यस्तो हुन नपाइरहेको औ विभिन्न प्रलोभन र दवाब दिने कार्य गरिरहेको समेत अवगत गराए।

About Author

Advertisement