शिक्षा विभागद्वारा रिले ऱ्याली आयोजित

photocollage_202289221744473.jpg

पाकिम: शिक्षा विभागले आज आजादीको अमृत महोत्सव अन्तर्गत पाकिममा भानु टर्निङदेखि सन्त जेभियर्स स्कूलको खेल मैदानसम्म रिले ऱ्यालीको आयोजन गऱ्यो। ऱ्यालीको शुरूवात नाम्चेबुङ निर्वाचन क्षेत्रका विधायक एम प्रसाद शर्माले झण्डा फहराएर गरेका थिए।

रिले ऱ्यालीमा पाकिम महकुमाका कुल सात विद्यालयका विद्यार्थीहरू सहभागी बने। विधायक शर्मा लगायत खाद्य एवं नागरिक आपूर्ति विभागका सल्लाहकार छिरिङ भोटिया, जिल्लापाल टाशी छोपेल, सम्बन्धित विभागीय अधिकारीहरू, कर्मचारीहरू आदि पनि सहभागी बनेका थिए।

यसै गरी, आज रम्फूमा पनि रिले ऱ्याली आयोजन गरियो। आईबीएमबाट शुरू भएको ऱ्याली रम्फू बजार आइपुगेकर समाप्त भयो। ऱ्यालीमा रम्फू नगर पञ्चायतका पार्षदहरू, विभिन्न विभागका अधिकारीहरू, कर्मचारीहरू, स्कूलका विद्यार्थीहरू आदि सहभागी बनेका थिए। यसै क्रममा रंगेलीमा पनि आज रिले ऱ्याली आयोजन गरिएको थियो।

About Author

Advertisement