शिक्षा विभागद्वारा हर घर तिरंगा अभियान

IMG_20220809_225627.jpg

गान्तोक: सिक्किमको शिक्षा विभागले राजधानी गान्तोकमा भारत स्वतन्त्र भएको ७५औं वर्षको उपलक्ष्यमा आज रिले ऱ्याली आयोजन गऱ्यो। यस ऱ्यालीको आयोजना आजादीको अमृत महोत्सव अन्तर्गत हर घर तिरंगा अभियानको प्रवर्द्धनका लागि गरिएको बताइएको छ।

रिले ऱ्यालीकाे शुभारम्भ श्रम विभागका सल्लाहकार मनोज प्रधानले झण्डा हल्लाएर लुम्से माध्यमिक विद्यालयमा गरे। यस अवसरमा शिक्षा विभागका सचिव डीसी नेपाल, निदेशक होण्डाला ग्याल्छेन, गान्तोककी प्रमुख शिक्षा अधिकारी छिरिङ के. चिङ्गपा आदि उपस्थित थिए।

ऱ्यालीमा सहभागी बनेका विद्यार्थीहरू महात्मा गान्धी, लाला लाजपत राय, चन्द्र शेखर आजाद, भगत सिंह, बाल गंगाधर तिलक, रानी लक्ष्मी बाई, सुभाषचन्द्र बोस, सुखदेख आदिको रूप धारण गरेका थिए। विद्यार्थीहरूले हातमा राष्ट्रिय झण्डा बोकेका थिए भने देशभक्ति गीतहरू गाउॅंदै अगाडि बढे।

ऱ्यालीमा तादोङ उच्चतर माध्यमिक विद्यालय, देवराली कन्या उच्चतर माध्यमिक विद्यालय, टाशी नामग्याल उच्चतर माध्यमिक विद्यालय, मर्डन उच्चतर माध्यमिक विद्यालय, इन्चे उच्चतर माध्यमिक विद्यालय, वेस्टपोइन्ट उच्चतर माध्यमिक विद्यालयका विद्यार्थीहरू सहभागी बनेका थिए। तादोङबाट शुरू भएको ऱ्याली गार्ड्स ग्राउण्ड आइपुगेर समाप्त भयो।

About Author

Advertisement