दार्जीलिङ: पहिला टीएमसीकी नेतृ रहेकी शारदा राई सुब्बा हाम्रो पार्टीमा सामेल भएकी छिन्l लगायत ६ जना नेतृत्वहरू हाम्रो पार्टी सामेल। दार्जीलिङको माल रोड स्थित हाम्रो पार्टीको केन्द्रीय कार्यलयमा विशेष सभामा शारद राई सुब्बालगायत ६ जना हाम्रो पार्टीमा सामेल भएका हुन्l सो सभामा पार्टीका केन्द्रीय अध्यक्ष अजय एडवर्डस उपस्थित थिए। अन्य केन्द्रीय नेतृत्वहरूमा पार्टी केन्द्रीय महसचिव फुर्तेम्बा भुटिया,केन्द्रीय सांगठनिक सचिव विक्रमादि राई, सभासद प्रतीम सुब्बा, सभासद रोबर्ट छेत्री, दार्जीलिङ नगरपालिकाको पूर्व अध्यक्ष रितेश पोर्तेल आदि उपस्थित थिए। आसभामा हाम्रो पार्टीको भिजन र इमान्दारिताको प्रशंसा गर्दै शारदा राई सुब्बा हाम्रो पार्टीमा सामेल भएको बताइएको छ। त्यसरी नै अञ्जनी शर्मा भूजेल, अमृत प्रधान,पूरण तामाङ, सुरज राई, हृदय लामा सन्देश, रमेश तामाङ आदिलाई हाम्रो पार्टीमा अजय एडवर्डसले स्वागत जनाए।
‘हामी गणतन्त्रमाथि विश्वास गर्छौं र त्यसैकारण हाम्रो पार्टीको केन्द्रीय अध्यक्ष पदको हरेक चार वर्षमा चुनाव हुनेछl यो हाम्रो पार्टीको संविधानमा पनि उल्लेख गरिएको छ। हाम्रो पार्टीमा अनुभवी एंव इमान्दार नेतृत्वहरू सामेल हुँदैछन्l हाम्रो पार्टीको अध्यक्ष म नै हुनुपर्छ भन्ने छैन’, अजय एडवर्डसले भने। उनले भने, ‘विधानसभामा बङ्गाल विभाजनको विरोधमा प्रस्ताव अनि राज्यको एक जिम्मेवार मन्त्रीले हामी गोर्खाहरूलाई अनुप्रवेशकारी ठहराएको हामी कदापी भूल्ने छैनौं। हाम्रो पार्टीका निर्वाचित सभासदहरू लगायत अन्य निर्दलीय सभाहरू यस विषयमाथि लागि परेका छौं। यी विषयहरूमाथि चर्चा परिचर्चा गर्न हामी सिक्किम जानेछौं अनि त्यहाँका बुद्धिजीवीहरूसँग सल्लाह र सुझावहरू लिनेछौंl’









