सोनादा: थापाधुरा स्पोर्ट्स क्लबद्वारा आयोजित फुटबल खेलको हिजो अन्तिम खेल सोनादा भेटरन बनाम सुनवार बस्तीबीच सम्पन्न भयो। दुवै दलले उत्कृष्ट खेल प्रदर्शन गरे तापनि ४-३ को स्कोर गरेर सुनवार बस्ती बिजयी भए। खेलको पहिलो हाफमा सुनवार बस्तीले लगातार ३ गोल गरेर भेटरनमाथि दबाब बनाए तापनि दोस्रो हाफमा भेटरनले सुनवार बस्तीको डिफेन्सीप खेललाई तोडेर लगातार २ गोल गरेपछि खेल रोमाञ्चक बनेको थियो। यसपछि फेरि सुनवार बस्तीले थप एक गोल गरेर भेटरनमाथि दवाब बनायो भने भेटरेनले फेरि अर्को गोल गरेर लगातार आक्रमण गरे तापनि खेलको अन्तिम मिनटसम्म स्कोर बराबरीमा ल्याउन असमर्थ बनेपछि खेल ४-३ गोलमै टुंगियो अनि एक गोल ज्यादा गरेर सुनवार बस्ती बिजयी बन्यो। प्रायः एक महिना यता टीडीएससीद्वारा थापाधुरा खेल मैदानमा आयोजित फाइभ साइट फुटबल खेलको अन्तिम खेल समारोहका मुख्य अतिथिको रूपमा जीटीएको कार्यकारी सभासद अनोश थापा, विशिष्ट अतिथि सोनादा आउट पोस्ट प्रभारी, अन्य अतिथिहरुमा भागोप्रमो सोनादा-पचेङ समष्टिका महासचिव सुकदेव राई, कोषाध्यक्ष मनकुस राई, सहसचिवद्वय लभराज सुब्बा, किसान छेत्री, श्रमिक संगठन नेता राजेश शर्मा, युवा शक्ति अध्यक्ष रबि राई, महासचिव किरण राई लगायत स्थानीय भेटरन खेलाडी तथा चियाबारी कर्मचारीहरु पनि अतिथिका रुपमा उपस्थित थिए। अन्तिम खेल अघि खेलाइएको प्रदर्शनी खेलमा थापाधुरालाई पराजित गरेर रिङटङ प्रबन्धन बिजयी भएको थियो। खेलको बिजेता दललाई मुख्य अतिथि सभासद अनोश थापाको बाहुलीद्वारा पारितोषिक वितरण गरियो भने उपबिजेता दललाई समष्टि महासचिव सुकदेव राईको बाहुलीद्वारा पारितोषिक वितरण गरियो। आयोजक समितिअनुसार यो वर्ष जम्मा ४० वटा दलहरूले भाग लिएका थिए।









