अलीपुरद्वार: शहीद खुदिराम बोसको आत्म बलिदान दिवसको अवसरमा फालाकाटा जादवपल्ली हाई स्कूलमा पश्चिम बंगाल तृणमूल प्राथमिक शिक्षक संघ रक्तदान शिविर, स्वास्थ्य परीक्षण शिविर र अभिनन्दन कार्यक्रम आयोजना गरिएको थियो। स्वास्थ्य जाँच शिविर र आँखा जाँच शिविरमा फालाकाटा सुपर स्पेशलिटी अस्पतालका चिकित्सकहरुको सहभागिता रहेको थियो। आँखा जाँच शिविरमा निशुल्क चश्मा वितरण गरिएको थियो।










