गान्तोक: अखिल किराँत राई संघ सिक्किमको तत्वावधानमा राजधानीस्थित मनन केन्द्रमा आयोजित एक कार्यक्रमबीच राज्यका मुख्यमन्त्री प्रेमसिंह तामाङलाई सम्मान एवं अभिनन्दन जनाइयो। यसैगरी सिक्किम विधानसभामा राई समुदायबाट निर्वाचित सदस्यहरूमा मुख्यमन्त्री प्रेमसिंह धर्मपत्नी तथा नाम्ची सिङ्गीथाङ निर्वाचन क्षेत्रकी पूर्व विधायक श्रीमती कृष्णा कुमारी राई, पोकलोक कामराङका विधायक तथा मन्त्री भोजराज राई र अप्पर बुर्तुक निर्वाचन क्षेत्रकी विधायक कला राईलाई अभिन्दन जनाइयो। मुख्यमन्त्री प्रेमसिंह तामाङलाई समारोह आयोजक समितिका प्रमुख संरक्षक जेकब खालिङ, एकेआरएसका अध्यक्ष मोहन दुङमाली राई, सल्लाहकार डा. एसके राई र सेक्रेटेरी जेनरल जेपी राईले अभिनन्दन जनाए। यसैगरी श्रीमती कृष्णा कुमारी राईलाई आयोजक समितिकी अध्यक्षा वीणा राई, नाम्ची जिल्ला पञ्चायत अध्यक्षा अञ्जिता राई, गेजिङ जिल्ला पञ्चायत उपाध्याक्ष अनिता राई, एकेआरअएस युवा प्रकोष्ठकी महासचिव कविता खालिङले अभिन्दन पत्र प्रदान गरि अभिनन्दन जनाए। सोही प्रकारले मन्त्री भोजराज राईलाई एकेआरएसका सल्लाहकार डा. सीबी राई, महासचिव आरके वालिङ र उपाध्याक्ष मिलन राईले अभिनन्दन जनाए। यसरी नै विधायक कला राईलाई सडक एवं पुल विभाग गान्तोककी एई सिर्जना राई, जोरथाङ महकुमा अधिकारी मोनिका राई तथा समारोह समितिकी प्रचाऱ शाखा समन्वयक शिला वाङछेन राईको बाहुलीद्वारा अभिनन्दन जनाइयो।










