११औँ इजा स्मृति दिवसमा कवि कर्ण विरहलाई दोस्रो इजा पुरस्कार प्रदान

IMG-20240811-WA0268

दार्जिलिङ: इजा प्रकाशन – घुम दार्जीलिङ्गको आयोजनामा ११औँ इजा स्मृति दिवस आज दार्जीलिङको नेपाली साहित्य सम्मेलन भवनमा भव्य रूपमा सम्पन्न भयो। कार्यक्रममा पुरस्कार अलङ्करण, सम्मान तथा पुस्तक लोकार्पण जस्ता गतिविधिहरू सम्पन्न गरियो।कार्यक्रमको शुरुमा इजाको प्रतिकृतिमा इजाका मातापिताद्वारा दीप प्रज्ज्वलन गरियो। कार्यक्रममा कलाकार वाङ्दी गुरङद्वारा ईश्वर स्तुति प्रस्तुत गरियो। मौन धारण गरिएको १ मिनेटको समयले उपस्थित सबैलाई इजाको स्मृतिमा तन्मय बनायो। नुरन राई जुदुले स्वागत सम्बोधन गरेपछि कवयित्री मञ्जुला तामाङले कार्यक्रमको विस्तारित विश्लेषणसँगै इजाको स्मृतिमा कविता सुनाएपछि सबैलाई भावुक र अश्रुपूर्ण बनायो। यसै कार्यक्रममा मञ्जुला तामाङको कथासङ्ग्रह “सम्बन्ध र सम्बोधन” लोकार्पण गरियो। उक्त कृतिबारे विस्तारपूर्वक चर्चा डा साङ्मू लेप्चाले गरिन्। कार्यक्रमको प्रमुख अतिथि एवम् वरिष्ठ सामाजिक व्यक्तित्व विक्रम राईको मन्तव्यले कार्यक्रममा प्रस्तुत गर्दै पठन संस्कारको विकासका निम्ति पुस्तक प्रकाशन गरी नि:शूल्क पुस्तक वितरण गर्ने योजना रहेको पनि जानकारी गराए। कार्यक्रममा इजा सम्मान २०२४ प्रदान गरियो, जसमा साहित्यकारहरू प्रेम प्रधान, मोनिका गुरुङ र डा. राजकुमार छेत्रीलाई सम्मानित गरियो। प्रमुख अतिथि विक्रम राईज्यूद्वारा दीयो बालेर सम्मान प्रदान गरियो। यसै गरी दोस्रो इजा पुरस्कार कवि कर्ण विरहलाई प्रदान गरियो। कवि विरहको परिचय कवयित्री सुमित्र अविरलले प्रस्तुत गरिन्।
कार्यक्रममा विभिन्न साहित्यिक गतिविधिहरू जस्तै कवि विक्रम सम्बाहाङ्फेको काव्य वाचन र अन्य साहित्यिक सृजनाहरू प्रस्तुत गरियो। गायक वाङ्गे गुरुङ र नुरन राई जुदुद्वारा श्रद्धाञ्जली गीत प्रस्तुत गरिएको थियो।
कार्यक्रमको अन्त्यमा रोशन राई चोटले आयोजकका तर्फबाट सबैलाई धन्यवाद प्रकट गरे भने अध्यक्षीय सम्बोधनमा साहित्यकार अमला सुब्बाले आफ्नो मत प्रकट गरिन्।

About Author

Advertisement