ढुङ्गा र बालुवा बोकेको डम्पर नियन्त्रणमा

IMG-20240811-WA0239

सिलगढी: ग्रीन ट्रिब्यूनलको आदेश अनुसार, नदी किनारबाट बालुवा र ढुङ्गा बोक्नमा तीन महिनाको लागि पूर्ण प्रतिबन्ध लगाइएको छ। तर पनि प्रशासनलाई बेवास्ता गर्दै ढुङ्गा र बालुवाले भरिएका डम्पर र ट्रयाक्टरले सहरका सडकमा अवैध रुपमा गुडेका छन्। अर्कातर्फ अवैध बालुवा तस्करी रोक्न पुलिस प्रशासन सक्रिय छ, यसै क्रममा शनिबार राति करिब ९:३० बजे पुनः गोप्य स्रोतबाट प्राप्त सूचनाका आधारमा माटिगरा पुलिस  चौकीले छापा मारेको थियो। अवैध बालुवा बोकेका तीन वटा ट्रयाक्टरलाई प्रहरीले नियन्त्रणमा लिएर माटिगरा पुलिस  चौकीमा ल्याएको छ। दुईवटा ट्रयाक्टरमा नम्बर प्लेट छ भने एउटा ट्याक्टरमा नम्बर नभएको छ। राष्ट्रिय राजमार्गमा अवैध रुपमा बालुवा ढुङ्गा बोकेका ट्रयाक्टरहरु नम्बरप्लेट बिना कसरी दौडिरहेका छन् भन्ने प्रश्न उठेको छ। मतिगढा पुलिस चौकीले घटनाको सम्पूर्ण अनुसन्धान शुरु गरेको छ।

About Author

Advertisement