गान्तोकः विद्या भारती अखिल भारतीय शिक्षा संस्थान अधीनस्थ दक्षिण सिक्किमको मालबासेमा सञ्चालित सरस्वती विद्या निकेतनमा वार्षिक प्रधानाचार्य बैठक २०२३ शुरू भएको छ। गत २८ जुलाईदेखि ३० जुलाईसम्म चल्ने उक्त बैठकमा सिक्किम अनि दार्जीलिङमा सञ्चालित विद्या भारती अधीनस्थ विद्यालयका प्रधानाचार्य, सह-प्रधानाचार्य र विषय प्रमुखहरू सहभागी छन्।
विद्या भारती सिक्किमका संयोजक मोहन शर्माले जानकारी गराए अनुसार, यस वार्षिक प्रधानाचार्य बैठकमा १८ जना प्रधानाचार्य, सह-प्रधानाचार्य एवं अन्य कार्यकर्ताहरू गरि कुल ३५ जना सहभागी छन्। बैठकमा शैक्षिक गतिविधि, विशेष कार्यक्रमहरूको जानकारी, विद्यालयको प्रशासनिक व्यवस्था, शैक्षिक गुणवत्ता, अर्थ व्यवस्था, राष्ट्रिय शिक्षा नीति, प्रशिक्षण, कार्यशाला, परीक्षा व्यवस्था, विद्यालय पञ्जीकरण, प्रचार विभाग, पत्रिका, शिशु वाटिका, खेलकुद, प्रवास आदि जस्ता विषयहरूमाथि चर्चा हुनेछन्।










