ग्रीन टिचर्सका लागि अभिमुखीकरण कार्यक्रम आयोजित

green_817

गान्तोकः राज्य वन विभागको एनविस हबले विप्रो अर्थियनको संयुक्त तत्वावधानमा ग्रीन टीचर्सलाई लिएर एकदिवसीय अभिमुखीकरण कार्यक्रम आयोजन गऱ्यो। देवरालीस्थित वन विभाग सचिवालयको सम्मेलन हलमा आयोजित कार्यक्रममा राज्यभरिका ६० विद्यालयका शिक्षकहरू सहभागी थिए।

कार्यक्रममा चालु शैक्षिक सत्रका लागि ६० विद्यालयमा पानी, जैविक विविधता र फोहोर व्यवस्थापनको दिगोपनमा केन्द्रित अर्थियन स्कूल्स प्रोग्राम शुरू गरियो। कार्यक्रममा विप्रो सहायक आशिष साहा एनविसकी संयुक्त निदेशक कुसुम गुरूङ र वरिष्ठ कार्यक्रम अधिकारी राजेन प्रधान स्रोतवक्ता थिए। यस अवसरमा प्रतिभागीहरूलाई लिएर प्रश्नोत्तर पनि आयोजना गरिएको थियो।

About Author

Advertisement