बोध गया बिहारमा बौद्ध शान्ति महार्यालीबारे सभा सम्पन्न

00-1-A-IMG-20230729-WA0391

मङ्पू: लाब्दा दोङाग् छ्योईलिङ् सा. बौद्ध गुम्बाद्वारा आयोजन गरिएको तीन दिवसीय गुरु रिम्पोर्छे मन्त्र – बाज्रा गूरू मन्त्र जाप साधना कार्यक्रम सँगै गुरु पद्म सम्भवको भव्य जन्म दिवस समारोह बिच अल इण्डिया बुद्धिष्ट फोरमको सभा महासचिव आकाश लामा, प्रो. बिलास खरात, सुकुरञ्जन सरकार आदिको उपस्थितिमा सम्पन्न भयो।

फोरमको उदेश्य माथि प्रकाश पार्दै महासचिवले सम्पूर्ण बौद्धहरूको हित र सुरक्षा हेतु भगवान बुद्ध अनि बौद्ध धर्म माथि दिर्घदिनदेखिको अत्यचार, षड्यन्त्र  पक्षपात पूर्ण राजनीतिक दबाव आदिबाट उन्मुक्ति र सुरक्षा केवल कानुनी लडाइँ र एकताद्वारा मात्रै सम्भव रहेको बताए। उनले भने, ‘रितले भगवान बुद्धको अनमोल ज्ञान-शिक्षा र उहाँले देखाउनु भएको मार्ग दर्शन, जीवन जिउनुको सार्थकता ज्ञान जस्तै पञ्चशील, अष्टशील, चार आर्यसत्य, अष्टांगीक मार्ग जस्ता शुद्ध ज्ञान उपदेशले सारा समाज राष्ट्र भारतको नै विश्वमा नाम उच्च राख्दै मानव-समाज कल्याण  ठूलो भन्दा ठूलो योगदान पुर्याइरहेको तथ्यलाई नकार्न सकिन्न, तथापि, आफ्नै देशभित्र यति बहुमुल्य मानव धर्मको समुचित सम्मान र कदर सरकारबाट भएको छैनl उदाहरण स्वरुप “बोध गया” बिहारको सन्दर्भमा उनले भने, ‘बौद्धहरूको महान तीर्थ स्थल महाबोधी टेम्पल परिसरमा भएको बेस्याहार, फोहोर अवस्था, माछा मासुको बेचबिखन जस्ता व्यवसायिक अतिक्रमण साथै करोडौं रकमको “डोनेसन”को सठिक उपयोग नभएको आदि विषय माथि आफ्नो कुरा राख्दै त्यसको मूल कारण त्यहाँको म्यानेजमेन्ट कमिटी सम्पूर्ण रूपमा बौद्धहरुको हातमा नहुनु होl’ यसै मागलाई बुलन्द आवाजमा उठाउँदै सरकार समक्ष आफनो माग फत्ते गर्न भारतीय बौद्धहरू एकबद्ध हुन आवश्यक रहेको उनले बताएl आगामी २६ नोभेम्बर २०२३ को दिन (भारतको संविधान दिवस)को अवसर पारेर “महा बोधि टेम्पल परिसर बोध गया बिहारमा अ०ई०बु०  फोरमको तत्वधानमा सम्पन्न हुने बौद्ध महाशान्ति र्यालीमा सहभागी भईदिन उपस्थित तमाम बौद्ध संगठन सदस्य, भक्तजनहरुलाई आह्वान गरे।

कार्यक्रमबिच आफ्नो छोटो सम्बोधन गर्दै प्रोफेसर बिलास खरात (कोअरडिनेटर, ईन्टरनेस्नल बुद्धिष्ट नेटवर्क) ले बुद्धिष्ट पर्सनल ल अनि केन्द्रीय सरकारद्वारा प्रस्तावित युसीसी बील बारे बौद्धहरुको दृष्टिकोण बारे बताए। अल इण्डिया महायाना बौद्ध म्हाणिपा संघ महासचिव आचार्य सांगे छ्योपेलको बाहुलीबाट फोरमका महासचिव, प्रो. खरात, रमेन मल्लिक, सबिना लामालाई खदा-आशिर्वाद प्रदान गरे। अन्तमा गुम्बा पुजा आयोजक संयोजक किरण पाखरिन तथा गुम्बा सञ्चालन सचिव दिपेन योञ्जन सभापति प्रकाश मोक्तान अनि निर्माण समिति सभापति सिठु मोक्तान, निर्माण कमिटी सचिव सुरेन पाखरिन साथै सम्पूर्ण कमिटी सदस्यवर्गलगायत उपस्थित व्यक्तिहरूलाई फोरमको तर्फबाट धन्यवाद जनाएको जानकारी फोरमका प्रचारप्रसार सचिव सुरेन पाखरिनले प्रेस विज्ञप्ति मार्फत जनाएका छन्।

About Author

Advertisement