तीनधारे: वरिष्ठ नागरिक कल्याण संगठन तीनधारेको आयोजनामा सिनियर सिटिजन कप ओपन क्यारम टुर्नामेन्ट २०२६ आयोजना गरिने भएको छ। उक्त क्यारम टुर्नामेन्ट आगामी १५ अगस्तदेखि शुरु हुने भएको छ भने यसको लागि यस टुर्नामेन्टमा भाग लिन चाहानेहरुले आगामी १० अगस्तभित्र आफ्नो दर्ता गराउन सक्ने भएको जानकारी प्राप्त भएको छ। यस विषयमा वरिष्ठ नागरिक कल्याण संगठन तीनधारेको सभा संगठनको कार्यालयमा सभापति दावा दोर्जे लामाको अध्यक्षतामा सम्पन्न भएको छ। सभामा संगठनको संरक्षक जेबी गुरुङ साथै अन्य पदाधिकारीहरु र कार्यकारी सदस्यहरु उपस्थित रहेका थिए। उक्त सभापछि पत्रकारहरुसित कुराकानी गर्दै वरिष्ठ नागरिक कल्याण संगठन तीनधारेको महासचिव सुरेशचन्द्र दर्नालले गत वर्षहरु झैं यसपाली पनि वरिष्ठ नागरिक कल्याण संगठन तीनधारेको आयोजनामा सिनियर सिटिजन कप ओपन क्यारम टुर्नामेन्ट २०२६ आगामी १५ अगस्तदेखि शुरु हुने भएको जानकारी गराएका छन्। उनले यसको लागि इच्छुकहरुले आगामी १० अगस्तभित्र आफ्नो नाम दर्ता गराउन सक्ने भएको जानकारी गराएका छन्। यसको साथै यस टुर्नामेन्टमा भाग लिन फारमसितै एकलको लागि ३०० रुपियाँ र डबल्सको लागि ५०० रुपियाँ पनि बुझाउन पर्ने जानकारी गराएका छन्










