दार्जीलिङ नगरपालिकाका वार्ड नम्बर -१४ नगरपार्षद मणि लामाले भागोप्रमोबाट दिए‌ राजीनामा

IMG-20260806-WA0072

दार्जिलिङ: दार्जीलिङ नगरपालिकाका वार्ड नम्बर -१४ नगरपार्षद मणि लामाले भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाबाट राजीनामा दिएका छन्। भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा, दार्जीलिङ महाकुमा समितिलाई सम्बोधन गर्दै बुझाइएको राजीनामा पत्रमा नगरपार्षद मणि लामाले आजकै दिनदेखि पार्टीको साधारण सदस्यता त्यागेको उल्लेख गरेका छन्।
राजीनामापछि उनी कुनै पनि राजनीतिक दलमा आबद्ध नरही स्वतन्त्र नगरपार्षदका रूपमा कार्य गर्ने बताएका छन्। यसको साथै आफ्नो वार्डका जनताको हित, विकास र सेवाका लागि निरन्तर समर्पित रहने प्रतिबद्धता पनि व्यक्त गरेका छन्। यद्यपि उनले पार्टी छोड्नुको कारण भने राजीनामा पत्रमा खुलाएका छैनन्।

About Author

Advertisement