शनिवारदेखि शुरु हुने ८०औं स्वतन्त्रता दिवस नक आउट नगदराशि फुटबल प्रतियोगिता

IMG-20260806-WA0083

खरसाङ: आगामी ८ अगस्तदेखि खरसाङको भिक्टोरिया स्कूलको खेल मैदानमा हुन गईरहेको ८०औं स्वतन्त्रता दिवस नक आउट नगदराशि फुटबल प्रतियोगितालाई लिएर आयोजक खरसाङ महकुमा खेलकूद संघले अन्तिम तयारी गरिसकेको छ। यस विषयमा संघका उपाध्यक्ष एंव यस प्रतियोगिताको संयोजक फुर्बा घिसिङले जानकारी गराए अनुसार आज संघका सदस्यहरु भिक्टोरिया स्कूलको खेल मैदानमा गएर मैदानलाई तयार गर्ने कामहरु गरे भने यसपल्ट यस प्रतिष्ठित प्रतियोगितामा जम्मा १० वटा दलहरुले भागहरुले भाग लिइरहेका छन्। यस प्रतियोगिताको विजेतालाई १९६९ सालमा बनाइएको चाँदीको ट्रफीको साथमा नगदराशि २५ हजार रुपियाँ अनि उप विजेता दललाई आकर्षक ट्रफीको साथ नगदराशि १५ हजार रुपियाँ प्रदान गरिनेछ। यसको साथै प्रत्येक खेलहरुमा एकजनालाई उत्कृष्ट खेलाडी घोषित गर्दै संघको तर्फबाट एउटा ट्रफीको साथमा प्रमाण पत्र पनि प्रदान गरिने भएको छ। ज्ञात रहोस् खरसाङ महकुमा खेलकूद संघद्वारा आयोजित यस प्रतियोगिताको फाइनल खेल आगामी स्वतन्त्रता दिवसको दिन १५ अगस्तमा हुनेछ।यसको साथै संघले महिला अनि पुरुषवर्गमा म्याराथन दौडको पनि आयोजना गरेको छ भने उक्त प्रतियोगितामा भाग लिने इस्छुक प्रतिभागीहरुले अन लाइन या अफ् लाइनमार्फत् पनि आफ्नो नाम पञ्जीकरण गर्न सकिने जानकारी उपाध्यक्ष फुर्बा घिसिङले दिएका छन्।

About Author

Advertisement