खरसाङ: खरसाङ नगरपालिका अन्तर्गत वार्ड नम्बर १९को फाटक डाँडामा गत केही दिन अघिमात्र तीन वर्षको नानीलाई बाँदरले टोकेको थियो।यो हल्ला फैलिनसाथ गाउँवासीहरू आक्रोशित बनेको थिए। यस भेकमा धेरै महिना अघिदेखि बाँदरको उपद्रोले गाउँवासी हैरान बनिसकेका छन्। खरसाङ नगरपालिका एवम् वन-विभागीय अधिकारीहरूलाई पत्राचार गरिसकेका थिए। बाँदरको उपद्रो विषय लिएर फाँटक डाँडा निवासी सुवोध शर्माले खरसाड नगरपालिका उपाध्यक्ष सुवास प्रधानसित सल्लाह परामर्श गरी आज खरसाड वन-विभागीय अधिकारी डीएफओ लाई जानकारी गराउन लिखित नालिस गर्न भूतपूर्व पार्षद विनोद प्रकाश शर्माको अगुवाईमा फाँटक डाँडा वेलफेयर सोसाइटीका संस्थापक सदस्य पेम्बा यल्मो लगायत सोसाइटीका कर्मठ नारी दिदी-बहिनीहरू साथै बाँदरले टोकेका नानीका आमा उपस्थित रहेका थिए नगरवासीहरूको सुरक्षालाई ध्यानमा राखेर खरसाङ नगरपालिकाद्धारा वन विभागसँग सम्पर्क बाँदरको उपद्रो बन्द गर्न बाँदरलाई पिँजडामा हाली लैजाने कार्य गरिरहेको छ तर जनहितको जन गुनासो लिएर खरसाड नगरपालिका उपाध्यक्ष सुवास प्रधान पनि आज वन-विभागीय अधिकारहरूलाई भेट्न डीएफओ कार्यालय पुगी एडीएफओ दिपेन तामाङसँग भेट गरी बाँदरको उपद्रो लिएर जानकारी गराई भट्टे मिलेर कार्य गर्ने साथै जनचेतना कार्यक्रम गर्ने भनी बातचित गरिएको छ। यसको साथै बाँदरले टोकेको नानीलाई पनि विभागीय पक्षबाट केही साहुलियत मिलाइदिने अनुरोध पनि गरिएको खरसाङ नगरपालिकाको भाइस चेयरम्यान सुवास प्रधानले बताएका छन्।









