गितडब्लिङको पोचोक प्राथमिक विद्यालय- जिटिए क्षेत्रको उत्कृष्ट प्राथमिक विद्यालयमा पर्न सफल।।

IMG-20220906-WA0191.jpg

गितडब्लिङ: हिजो सोमबार शिक्षक दिवसको अवसरमा शिक्षा विभाग -गोर्खाल्यान्ड क्षेत्रीय प्रशासन, दार्जिलिङले शिक्षक दिवस एवं शिक्षक सम्मान समारोह -२०२२ समारोह आयोजना गरेको थियो। गोर्खा रङ्गमञ्च भवनमा आयोजना गरिएको उक्त कार्यक्रममा अवकाशप्राप्त, प्यारा र पेब्याण्डका प्राथमिक शिक्षक शिक्षिकालाई सम्मान गरियो। साथमा जी टी ए क्षेत्रका १६ वटा विद्यालयलाई श्रेष्ठ विद्यालयको उपाधि दिएर सम्मान गरियो।

सम्मानित भएका प्राथमिक विद्यालय मध्ये यता गितडब्लिङको पोचोक प्राथमिक विद्यालय पनि परेको छ।
कालेबुङ साधारण क्षेत्र समितिबाट सम्मानित बनेको पोचोक प्राथमिक विद्यालयका प्रधानाध्यापक श्री सामुएल मोक्तानले जिटिए प्रमुख अनित थापाबाट विद्यालयका निम्ति सम्मान ग्रहण गर्नुभएको थियो। विद्यालयले पाएको यस सम्मानले विद्यालयको भौतिक पूर्वाधार, स्तरोन्नति तथा शैक्षिक गुणस्तर सुधार्न शिक्षक/शिक्षिकाले गरेको मेहनतको थोरै भए पनि कदर भएको प्रधानअध्यापक मोक्तानले बताउनुभयो।

सम्मानले आफू लगायत सम्पूर्ण शिक्षक शिक्षिकाहरुलाई गौरवान्वित तुल्याएकाे भन्दै यसले आफुहरूलाई विद्यालयको निम्ति काम गर्न थप उर्जा मिलेको प्रधानाध्यापक मोक्तानको भनाई थियो। उहाँले यसको श्रेय सम्पूर्ण शिक्षकशिक्षिका, अविभावक, शुभचिन्तक लगायत विद्यालय सञ्चालन समितिलाई पनि जाने बताउनुभयो।

हिजोको समारोहमा जी टी ए मुख्य सचिव एस पुनबलाम, दार्जीलिङ्ग अनि कालेबुङ जिल्ला शिक्षा बोर्डका अध्यक्षहरु अनि शिक्षा विभागका सभासद सञ्चविर सुब्बाको विशेष उपस्थिति रहेको थियो।

About Author

Advertisement