खरसाङ: पहाड़मा बन्सल कम्पनी अधीनस्थ रहेको १० वटा चियाबारीहरूको लिज विषयमा खरसाङको सामी लाखाङ गुम्बाको धर्म गुरु पेम्बा रिम्पोर्छेद्वारा दार्जिलिङ जिल्लाको जिल्ला शासकलाई पत्रचार गरेका छन्। उनले जिल्ला शासकलाई लेखेको पत्रमा बन्सल कम्पनी अधीनस्थ रहेको १० वटा चियाबारीहरूको लिज खारेज गरेर नयाँ गरी खरसाङको सामी लाखाङ गुम्बालाई बन्सल कम्पनी अधीनस्थ १० वटै चियाबारीहरूका लिज प्रदान गर्ने निवेदन गरेका छन्। त्यसरी नै जिल्ला शासकलाई लेखेको पत्रमा बन्सल कम्पनी अधीनस्थ बन्द चियाबारीहरूको बोनस, पीएफ, ग्राजुएटी, लोन आदिबाहेक श्रमिकहरूलाई भुक्तान गर्नु पर्ने रहल खर्च कति छ त्यसको जानकारी मागिएको छ। बन्सल कम्पनी अधीनस्थ १० वटा बन्द रहेको चियाबारीहरूको बोनस, पीएफ, ग्राजुएटी, लोन आदिबाहेक श्रमिकहरूले पाउनु पर्ने रहल खर्च मात्रै खरसाङको वार्ड नम्बर पाँचमा रहेको सामी लाखाङ गुम्बाले वितरण गर्ने निर्णय गरेको र यसको लागि बन्सल कम्पनीको लिज खारेज गरेर नयाँ गरी खरसाङको सामी लाखाङ गुम्बालाई लिज प्रदान गर्ने निवेदन गरेका छन्।










