१० अक्टोबरः स्पेनिश ला लीगा फूटबलमा सीजनको शुरुवातदेखि नै शीर्ष दुई क्लबबीच होड़ शुरु भयो। यसै क्रममा बार्सिलोनाले आइतवार राति आफ्नो म्याच जितेर ला लीगा टेबलमा चीरप्रतिद्वन्द्वी रियल म्याड्रिडलाई पछि छोड़्दै शीर्ष स्थान हासिल गऱ्यो। बार्सिलोनाले आफ्नो होम ग्राउण्ड क्याम्प नोउमा खेल्दै सेल्टा विगोलाई १-०-ले पराजित गऱ्यो। म्याचमा सेल्टा विगोले बार्सिलोनालाई कड़ा चुनौती दिए पनि पराजयलाई टार्न सकेन। होम टीमबाट म्याचको एकमात्र गोल पेड्रीले १७औं मिनटमा छिराए। यस म्याचमा जीतपछि गोल अन्तरको आधारमा बार्सिलोनाले शीर्ष स्थान हासिल गऱ्यो।

अहिले बार्सिलोना र रियल म्याड्रिडसँग ८-८ वटा म्याचपछि २२-२२ पोइण्ट रहेको छ। बार्सिलोनाले ला लीगाको जारी सीजनमा अहिलेसम्म २० गोल गरेर केवल एक गोल खाएको छ। यसबीच सेल्टा विगो चाहिँ १० पोइण्टको साथ ११औं स्थानमा रहेको छ। ला लीगाका अन्य एउटा म्याचमा रियल सोसिएदादले भिल्लारियललाई १-०-ले पराजित गऱ्यो। यसरी नै काडिज र एस्पानयोलबीचको म्याच २-२-ले ड्र रह्यो।










