प्रीमियर लीगः आर्सनल फेरि शीर्ष स्थानमा, म्यानयू पनि विजयी

IMG-20221010-WA0100.jpg

१० अक्टोबरः ईंग्लिश प्रीमियर लीगको जारी सीजनमा असाधारण लयमा रहने आर्सनलले फेरि एकपल्ट शीर्ष स्थान हासिल गऱ्यो। यसको साथमा म्यानचेष्टर युनाइटेडले पनि आफ्नो म्याच जित्यो। आइतवार राति खेलिएको रोमाञ्चक म्याचमा आर्सनलले शक्तिशाली लिभरपूललाई ३-२-ले पराजित गऱ्यो। यस जीतको साथै आर्सनलले प्रीमियर लीग टेबलमा म्यानचेष्टर सिटीलाई पार गरी शीर्ष स्थान हासिल गऱ्यो। एमिरेट्स स्टेडियममा दुई टीमबीच रोमाञ्चक प्रतिस्पर्धा भए पनि बुकायो शाकाको गोलले अन्तमा आर्सनल विजयी भयो। आर्सनलबाट बुकायो शाकाले मध्यान्तरको ठीक अघि अनि ७६औं मिनटमा गोल गरे। यसबाहेक गाब्रिएल मार्टिनेलीले म्याचको पहिलो मिनटमै गोल गरे। यसरी नै लिभरपूलबाट डार्विन नुनेजले ३४औं र रोबर्टो फिर्मिनोले ५३औं मिनटमा गोल गरे। यस जीतपछि आर्सनल ९ वटा म्याचमा २४ पोइण्टको साथ प्रीमियर लीग टेबलको शीर्ष स्थानमा फर्कियो। उनीहरूसँग अहिले दोस्रो स्थानमा रहने म्यानचेष्टर सिटीभन्दा १ पोइण्ट अधिक रहेको छ। यसरी नै लिभरपूल ८ वटा म्याचमा १० पोइण्टको साथ दशौं स्थानमा रहेको छ।

प्रीमियर लीगमा म्यानचेष्टर युनाइटेडले चाहिँ एभर्टनलाई २-१-ले पराजित गऱ्यो। गूडिसन पार्कमा खेलिएको म्याचमा एलेक्स इवोबीले पाँचौं मिनटमै होम टीम एभर्टनलाई बढ़त दिलाए पनि म्यानचेष्टर युनाइटेडले चाँढ़ै म्याचलाई नियन्त्रणमा ल्यायो। युनाइटेडबाट एण्टोनीले १५औं अनि क्रिस्टियानो रोनाल्डोले ४४औं मिनटमा गोल गरे। यस जीतपछि म्यानचेष्टर युनाइटेड ८ वटा म्याचमा १५ पोइण्टको साथ पाँचौं स्थानमा रहन पुग्यो। यसरी नै १२औं स्थानमा रहने एभर्टनसँग १० पोइण्ट रहेको छ। प्रीमियर लीगका अन्य म्याचहरूमा वेष्ट ह्यामले फूलह्यामलाई ३-१-ले अनि क्रिस्टल प्यालेसले लीड्स युनाइटेडलाई २-१-ले पराजित गऱ्यो। फूलह्याम अहिले ९ वटा म्याचमा ११ पोइण्टको साथ नवौं स्थानमा रहेको छ।

About Author

Advertisement