१० अक्टोबरः इटालियन सेरि ए फूटबलको नयाँ सीजनमा नापोली र अटलाण्टाले आफ्नो अजेय अभियानलाई जारी राख्यो। नापोलीले आइतवार राति खेलिएको म्याचमा क्रेमोनिस विरुद्ध ४-१-ले जीत हासिल गऱ्यो। यस जीतको साथै नापोली ९ वटा म्याचमा २३ पोइण्ट लिएर सेरि ए टेबलको शीर्ष स्थानमा पुग्यो। म्याचमा विजेता टीमले अन्तिम दुईवटा गोल त स्टपेज टाइमको अन्तिम क्षणमा छिरायो। नापोली सेरि ए-को जारी सीजनमा एकपल्ट पनि हारको सम्मुखीन भएको छैन। यसबीच असल लयमा रहने दुई टीम अटलाण्टा र उडिनिसबीचको म्याच २-२-ले ड्र रह्यो। यस रोमाञ्चक ड्र पछि अटलाण्टा ९ वटा म्याचमा २१ पोइण्टको साथ दोस्रो स्थानमा पुग्यो। यसरी नै तेस्रो स्थानमा रहने उडिनिससँग २० पोइण्ट रहेको छ। यसबीच रोमाले अन्य एउटा म्याचमा लिसी विरुद्ध २-१-ले जीत हासिल गऱ्यो। विजेता टीमबाट म्याचमा क्रिस स्मालिंग र पाउलो डिबालाले गोल गरे। रोमा अहिले १९ पोइण्ट लिएर पाँचौं स्थानमा रहेको छ।










