लामा गाउँ वेलफेयर सोसाइटीको तत्त्वावधानमा आयोजित लामा गाउँ गोल्ड कप फूटबल टुर्नामेण्टको आठौं सीजनमा नेपालको भीनस एफसी-ले क्वार्टर फाइनलमा स्थान बनायो। मंगलवार खेलिएको म्याचमा भीनस एफसी-ले रोयल फूटबल क्लबलाई ३-१-ले पराजित गऱ्यो। विजेता टीमबाट राजीन माझीले ह्याट्रिक गरे। रोयल फूटबल क्लबबाट करण राईले गोल गरे। टुर्नामेण्टको आठौं सीजनमा जम्मा १६ वटा नामी-दामी टीमहरूलाई आमन्त्रित गरिएको छ। दुईवटा सेमिफाइनल क्रमशः २० र २३ जनवरीमा हुनेछ। यसरी नै फाइनल २६ जनवरीमा खेलिनेछ। यस सेभेन ए साइड टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई ट्रफीको साथमा ४ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हुने टीमलाई ट्रफीको साथमा २ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।









