सिलगढी: श्रीलंकाका पूर्व क्रिकेट स्टार सनथ जयसूर्या सिलगढी आएका छन्। मंगलबार उनले सिलगढीको एक निजी अंग्रेजी माध्यमको विद्यालयमा खेलकुद कार्यक्रममा भाग लिएका थिए। उनी बिहान बागडोग्रा एयरपोर्टमा अवतरण गरेका थिए। दिउँसो उनी त्यही विद्यालयको प्रतियोगितामा सहभागी भए। उनले त्यहाँ पत्रकारहरूसँग भेटेर श्रीलंकाको बारेमा छलफल गरे। उनले विगत बिर्सेर श्रीलंकालाई पुनः उत्कृष्ट पर्यटकीय गन्तव्यका रुपमा स्वीकार गर्न सबैलाई आग्रह गरे।

यसबाहेक उनले वर्तमान भारतीय क्रिकेट टोली राम्रो खेलिरहेको बताए। तर श्रीलंका पनि पछि परेको छैन। उनले खेलकुद क्षेत्रको थप विकास हुने बताए।








