रेलिङ्ग युनाइटेड एसोसिएशनको तत्त्वावधानमा आयोजित रेलिङ्ग च्याम्पियन्स ट्रफी फूटबल टुर्नामेण्टको तेस्रो सीजनमा चाइल्डहूड एफसी (नाम्ची, सिक्किम)-ले सजिलै क्वार्टर फाइनलमा स्थान बनायो। मंगलवार खेलिएको म्याचमा चाइल्डहूड एफसी-ले नेपालको रेड हर्स इलामलाई ४-०-ले पराजित गऱ्यो। विजेता टीमबाट कर्म भूटियाले २ गोल गरे। यसबाहेक सागर गुरुङ र छितेन शेर्पाले १-१ गोल गरे। टुर्नामेण्टमा जम्मा १६ वटा नामी-दामी टीमहरूलाई प्रवेश दिइएको छ। दुईवटा सेमिफाइनल २१ र २२ जनवरीमा खेलिनेछ। यसरी नै फाइनल २५ जनवरीमा हुनेछ।

यस सेभेन ए साइड नक्आउट टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा ३ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हुने टीमलाई आकर्षक ट्रफीको साथमा २ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।











