लङ्भ्यू चियाबारीको मालिक गोबिन गर्गले पाएन बेल

IMG-20260731-WA0019

२ करोड पीएफ हालेको र रहल दुई हप्ताभित्र हाल्नु पर्ने

खरसाङ: खरसाङको लङ्भ्यू चियाबारीको मालिक गोबिन गर्गले शुक्रबार पनि बेल पाएनन्।‌ शुक्रबार उनलाई खरसाङको कोर्टमा प्रस्तुत गरिएको थियो जहाँ उनलाई सुनवाईपछि बेल रध्द गर्दै सात दिनको न्यायिक हिरासतमा पठाइएको छ भने अझ‌ अर्को केशमा तीन दिनको पुलिस कस्टडीमा पठाइएको छ।‌ अब लङ्भ्यू चियाबारीको मालिक गोबिन गर्गलाई आगामी ३ अगस्तमा र ७ अगस्तको दिन कोर्टमा पुनः प्रस्तुत गरिने भएको छ। गर्गलाई बेल रध्द गर्दै ७ दिनको न्यायिक हिरासतमा पठाइएको र अर्को एउटा केशमा तीन दिनको पुलिस कस्टडीमा पठाइएको जानकारी प्राप्त भएको छ।
लङ्भ्यु चियाबारीको मालिक गोबिन गर्गलाई खरसाङ कोर्टमा प्रस्तुत गरिन्दा हिल प्लान्टेशन इम्प्लोइज युनियनको नेतृत्वमा लङ्भ्यू चियाबारीको श्रमिकहरुले खरसाङ कोर्ट बाहिर बिहानदेखि विरोध प्रदर्शन गरेका थिए। युनियन र श्रमिकहरुले मालिक गोबिन गर्गको बेल हुनु हुँदैन भन्ने नाराको साथमा अन्य विभिन्न विषयमा नाराबाजी गरेका थिए। विभिन्न नाराहरुको साथमा श्रमिकहरुले मालिक गोबिन गर्गको विरोध गरिरहेका थिए भने बेल रध्द गरिनु पर्ने माग राखेका थिए। लङ्भ्यु चियाबारीको मालिक गोबिन गर्गलाई खरसाङ कोर्टमा प्रस्तुत गरिन्दा कडा सुरक्षा व्यवस्थाबीच ल्याइएको थियो भने सुनवाईभरि कडा सुरक्षा व्यवस्था गरिएको थियो। लङ्भ्यु चियाबारीको मालिक गोबिन गर्गको सुनवाई सकेर बाहिर आएपछि श्रमिकहरुको पक्षमा रहेका अधिवक्ता एंव एक्टिभिष्ट अनुपा तामाङले भेला भएका श्रमिकहरुलाई सम्बोधन गर्दै मालिक गोबिन गर्गलाई बेल नदिएको र सात दिनको न्यायिक हिरासतमा पठाइएको जानकारी गराएकी छन्। उनले अझ‌ अर्को एउटा केश जुन लङ्भ्यू चियाबारीको एकजना श्रमिकले आफ्ना पिताले अवकाशप्राप्तपछि पनि पीएफ र ग्राजुएटी नपाएको भन्दै अलग्गै गरेको नालिस अनुसार तीन दिनको पुलिस कस्टडीमा पठाइएको जानकारी गराइन्। उनले अब गर्गको सुनवाई ३ अगस्त र अर्को सुनवाई ७ अगस्तमा हुने पनि जानकारी गराइन्। उनले बताए अनुसार मालिकको पक्षमा कोलकोता हाई कोर्टमा रिट प्रिटिशन दिएको र लङ्भ्यू चियाबारीको श्रमिकहरुको पक्षको पीएफको ३ करोड ३२ लाख ४२ हजार ७३६ रुपियाँमा २ करोड रुपियाँ पीएफ हालिदिएको जुन पीएफ कार्यालयले पनि मानिलिएको र अब बाँकी रहेको १ करोड ३२ लाख ४१ हजार ७३६ रुपियाँ पनि दुई हप्ताभित्र हालिदिनु पर्ने हाई कोर्टबाट अर्डर आएको बताएकी छन्। मालिक गोबिन गर्गको बेल रध्द भएपछि उपस्थित श्रमिकहरुले नारा लगाएका थिए।‌ मालिकले बेल‌ नपाउनुमा श्रमिकहरुको बिजयको रुपमा हेरिएको छ। यस विषयमा पत्रकारहरुसित कुराकानी गर्दै हिल प्लान्टेशन इम्प्लोइज युनियनको सचिव सुमेन्द्र तामाङले‌ यो श्रमिकहरुको बिजय भएको र यो पहाडमा नौलो कुरा बताएका छन्। उनले शुक्रवार लङ्भ्यू चियाबारीको अनशन ९९औं दिनमा पुगेको र शनिवार १०० दिनमा पुग्ने बताउँदै अब श्रमिहरुको अनशन के हुने भन्ने विषयमा शनिबार सबैजना भेला भएर सभा बसेर निर्णय गरिने जानकारी गराएका छन्। सुमेन्द्र तामाङले मालिकको पक्राउ गरिएको दार्जीलिङ तराई डुवर्स क्षेत्रको लागि यो दोस्रो घटना रहेको र योभन्दा अघि डुवर्समा एउटा बगानमा मकपाको समयमा यस्तो भएको बताएका छन्। उनले यो श्रमिक आन्दोलनको ठूलो सफलता रहेको बताउँदै अपराध गर्नेलाई सजाय पाउनु नै पर्ने थियो जुन पायो पनि भनी बताएका छन्। उनले यो श्रमिकहरुको पीएफ सम्बन्धी कुरा थियो र यसमा श्रमिकहरुको तर्फबाटको पीएफको रकम ३ करोड ३२ लाख ४१ हजार ७३६ रुपियाँमा २ करोड रुपियाँ पीएफ हालिदिएको जुन पीएफ कार्यालयले पनि मानिलिएको र अब बाँकी रहेको १ करोड ३२ लाख ४१ हजार ७३६ रुपियाँ पनि दुई हप्ताभित्र हालिदिनु पर्ने हाईकोर्टको अर्डर रहेको बताएका छन्‌।

पीएफ पस्यो तर श्रमिकहरुले पाएका छैनन् किनभने यताबाट कार्यालयबाट श्रमिकहरुको पीएफको हिसाब ठीक रुपमा बनाएर पठाउनुपर्छ भनी बताएका छन्। तामाङले यो श्रमिकहरुको पीएफको कुरा थियो र अब ग्राजुएटी र अन्य कुरापट्टि लाग्नेछौं र यो श्रम विभागले यसमाथि काम गर्नुोर्छ अनि हामी श्रम विभागलाई झकझकाउनेछौं भनी बताएका छन्। यस विषयमा उनले भने, अब हाम्रो माग लङ्भ्यू चियाबारीको कारखाना खोल्नुपर्छ भनी माग रहेको छ। हाम्रो गणतान्त्रिक आन्दोलन अनुसार अनशन शुक्रबार ९९ दिन पुगेको र शनिवार १०० दिनमा पुग्नेछ। शनिवार सबैजना भेला भएर सभा गरेर अनशन विषयमा आगामी दिनमा हुने आन्दोलन विषयमा निर्णय गरिनेछ।’

About Author

Advertisement