सोनादा: गोर्खा जनमुक्ति मोर्चा सोनादा पचेङ समष्टिको विषेश पहलमा दार्जिलिङ क्षेत्रका विधायक नोमन राईलाई उनको कार्यालय दार्जिलिङमा एक सौहार्दपूर्ण भेटघाट गरियो।
विशेष गरी भेट्नुको कारण सोनादा क्षेत्रमा जनताले भोग्नु परिरहेको समस्या सम्बन्धि साथै आगामी दिनहरूमा यहाँको सम्पूर्ण समस्या अनि विकास र विभिन्न योजनाहरूको पूर्वाधारमाथि चर्चा गरिनु रहेको थियो।
वर्तमान परिस्थितिमा यी समस्या सम्बन्धि पनि विधायकलाई जानकारी गराइएको छ। गत २०२३ सालदेखि बन्द भएको रङ्गमुक चिया बगान साथै मुण्डा चिया बगानको अवस्था सम्बन्धि पनि विधायकलाई जानकारी गराइएको छ। यी दुई बगानको श्रमिकहरुले तीन महिनामा जम्मा ४५०० रुपियाँ मई महिनामा पाउन पर्ने फौलाईको पैसा अझसम्म पाउन नसकेको जानकारी पनि गराइएको छ। यसको साथै अर्को मुख्य विषय एसआईआर प्रक्रियाद्वारा खाटी नागरिकहरु तथा दाज्यू
भाइ दिदी बहिनीहरूको भोटर लिस्टबाट नाम हटाएको बारे अनि राज्य सरकारले यसमाथि चाँडो पहल गर्नु पर्दछ भन्ने विषयमा पनि जानकारी गराइएको छ।
सोनादा क्षेत्रको रमणीय पर्यटकीय स्थल इन्द्रेणी फल्सको आजको जो अवस्था छ। यसमा पूर्ण विवरण साथै ढाँचागत योजना बुझाइएको छ। यसको निम्ति उनले सम्बन्धि विभागसंग सम्पर्कमा रहेर पहल गर्ने वचन दिएको भनी गोर्खा जनमुक्ति मोर्चा सोनादा पचेङ समष्टि प्रचार प्रसार सचिव रमेश राईले जानकारी दिएका छन्।










