लङ्भ्यूमा चलिरहेको श्रमिकहरूको अनशनमा पुगेर माकपाले जनाए समर्थन

IMG-20260520-WA0096

खरसाङ: खरसाङको लङ्भ्यूमा चलिरहेको श्रमिकहरूको अनशनमा समर्थन जनाउन अनि उनीहरूको अवस्थाबारे जानकारी लिन माकपाको श्रमिक संगठन डीडीसीकेएमयुको पक्षबाट एक प्रतिनिधि टोली लङ्भ्यू पुगेका थिए। प्रतिनिधि टोलीले अनशनकारीहरूसँग भेट गरेर उनीहरूको मागबारे जानकारी लिएका छन्। यसबारे जानकारी गराउँदै सचिन खातीले मालिकपक्षले पटकनपटक श्रमिकहरूको विश्वासमाथि धोका दिँदै आएको छ भन्दै पीएफ, ग्रेजुएटी तथा दैनिक रोज करोडौँ रुपियाँ बाँकी रहेको अवस्था अत्यन्त दुःखद र गम्भीर विषय हो भनी बताए।

आफ्नो जायज हक अधिकारको निम्ति गत २७ दिनदेखि अनशनमा बसेका श्रमिकहरूको सङ्घर्षलाई माकपाको श्रमिक संगठनको पूर्ण समर्थन रहेको जनाए। प्रतिनिधि टोलीमा जिल्ला नेतृत्व कमरेड किस्मत तामाङ, कमरेड चेतन गुरुङ, कमरेड सागर शर्मा, कमरेड रजेनी मंगर साथै थर्बु चिया बगानका श्रमिक प्रतिनिधिहरूको उपस्थिति रहेको थियो भनी खातीले जानकारी गराएका छन्।

About Author

Advertisement