खरसाङ: गोर्खा जनमुक्ति मोर्चा केन्द्रीय अध्यक्ष बिमल गुरुङको आदेश बमोजिम युवा केन्द्रिय सदस्य योगराज प्रधानको पहलमा तीनधारे महानदी समष्टि अन्तर्गत चुनभटी खण्डको कोठीडाँड़ा शाखा समिति गठन भयो। चुनभटी ब्लकका संयोजक तिलक थापाको अध्यक्षतामा र समष्टि सभापति ऐतमान राई सचिव सुरेश चन्द्र दर्नाल, युवा केन्द्रिय सदस्य योगराज प्रधान र युवराज लामा, तीनधारे खण्डका सभापति प्रसाद लावरको उपस्थितिमा गठन गरिएको उक्त शाखा समितिमा सभापति रोशन छेत्री, सचिव दावा तामाङ र कोषाध्यक्षा राधा प्रधान चयन भएका छ्न्। नारी मोर्चालाई संगठित गराई आगामी दिनमा चाढै नै शाखा समितिनगठनार्थ अनु प्रधानलाई नारी मोर्चाकी संयोजिकाको पदमा सर्वसम्मतिद्वारा चयन गरिएको छ। दुवै अंगका सल्लाहकार क्रमैले अंजली छेत्री, निर्मला प्रधान र शंकर सिंहसहित चौधजनाको कार्यकारी सदस्य सदस्या मनोनित भएका छन्।सभालाई समष्टि सभापति ऐतमान राईले सञ्चालन गरेका थिए भने समष्टि सचिव सुरेश चन्द्र दर्नाल, युवा मोर्चा सदस्य योगराज प्रधान र युवराज लामा साथै खण्ड समिति संयोजक तिलक थापाले वक्तव्य राखेका थिए। सभामा जीपीटीओ तीनधारे क्षेत्र प्रतिनिधि शंकरसिंह, राजाबाड़ी शाखाबाट ध्रुब सेवासहित चुनभटी कोठीडाँड़ाका सम्पूर्ण गाउँलेहरु उपस्थित रहेका थिए। सभामा सबैले अध्यक्ष बिमल गुरुङको हात बलियो गराउने प्रण गरेको जानकारी योगराज प्रधानले जानकारी गराएका छन्।









