जुन दिन मालिकले पीएफको पैसा जम्मा गरिदिने छ, त्यस दिन अनशन आफैं उठ्नेछ: युनियन
खरसाङ: खरसाङको लङ्भ्यू चियाबारीमा चलिरहेको अनशनको ९० दिन पुगेको छ। अहिलेसम्म अनशन शुरु भएदेखि १ करोड २८ लाख रुपियाँ हाजिरा अनि वेतनको पैसा जम्मा गरिएको र यो आन्दोलनको अहिलेसम्मको जित हो भनी हिल प्लान्टेशन इम्प्लोइज युनियनले बताएको छ। युनियनको तर्फबाट बताइए अनुसार पीएफको पैसा अहिलेसम्म ३ लाख ७ हजार रुपियाँ जम्मा गरिएको छ। अरु बकाया पिएफको पैसा हाल्ने प्रक्रिया पिएफ अफिसले चलाईरहेको जानकारी हिजो युनियनको टोलीलाई सिलगढी पीएफ अफिसले जनाएको छ।
युनियनले आन्दोलन यथावत रहँदै ७२ घण्टाको १३औं चरणको भोक हड्ताल आज समाप्त हुँदैछ भने ३ जनाको टोलीले आजदेखि १४औ चरणको ७२ घण्टे अनशन शुरु गरे भमी जनाएका छन्। जुन दिन मालिक गोविन्द गर्गले पीएफको पैसा ईपीएफओ अफिसमा जम्मा गरिदिने छ, त्यस दिन अनशन आफैं उठी हाल्ने छ। लङभ्यू चिया बगानका श्रमिकहरूले १२ करोड रुपैयाँ पीएफ, ८४ लाख रुपैयाँ उपदान, २० लाख रुपैयाँ एलटीए र बाँकी रहेको ज्याला र तलब सहितको भुक्तानीको माग गर्दै विरोध प्रदर्शन जारी छ।
आज अनशनको ८७औ दिन पुगिसकेको छ। श्रमिकहरू विगत ८७ दिनदेखि भोक हड्तालमा छन्। मालिक गोविन्द गर्ग र सम्बन्धित श्रम तथा पीएफ विभागबाट पीएफ सम्बन्धी उचित प्रतिबद्धताको अभावका कारण, ७२ घण्टाको भोक हड्ताल जुन १३ बाट सुरु गरिएको हो। आज ७२ घण्टाको भोक हड्तालको १३ औं चरण पूरा हुनेछ साथै लङभ्यूको साई मन्दिर परिसरमा ७२ घण्टाको भोक हड्तालको तेह्रौँ चरण जारी रहनेछ।
७२ घण्टाको १२औ चरणको अनशन बस्नेहरु जसजसले आज अनशन तोडेका छन् – लबिन विश्वकर्म, मोहन विश्वकर्म, सुमेन्द्र तामाङ रहेका छन्। त्यसपछि ७२ घण्टा अनशनको तेह्रौँ चरणमा सहभागिता जनाउनेहरुमा जानुकी भुषाल, कल्पना रसाइली, बसन्त लखान्द्री आदि रहेका छन्।
स्वास्थ्यकर्मीहरूले अनशनरतहरूको नियमित स्वास्थ्य जाँच गरिरहेका छन् र आवश्यक उपचार र अनुगमन गरिरहेका छन्।प्रदर्शनकारीहरूले सम्बन्धित पक्षहरूलाई आफ्ना जायज मागहरूलाई तुरुन्तै सम्बोधन साथै समाधान गर्न आग्रह गरेका छन्।
स्मरण रहोस्, २ जुलाई २०२६ को त्रिपक्षीय मिटिङ्गमा मालिक गोविन्द गर्गले पीएफको पैसा दुई किस्तीमा दिने वचन दिएको थियो भने पीएफ अफिसले कुनै ग्यारेन्टी दिन नसकेपछि उक्त मिटिङमा कुनै निष्कर्ष निस्कन सकिएन। अब उप्रान्त पीएफको पैसा ईपीएफओ अफिसमा जम्मा गरे मात्र श्रमिकहरुको अनशन उठ्ने भन्ने निर्णय भएको छ। साथै, मालिक गोविन्द गर्गले पी जुएफ को पैसा जम्मा नगरेको हुनाले ईपीएफओ अफिसले बगान सिल गरेको कुरा सर्वविदित नै छ। अनि कानुन अनुसार मालिकले पीएफको पैसा गर्नु नै पर्छ भनेर पीएफ अफिसले श्रमिकहरुलाई जनाएका छन्।









