लङ्भ्युको अनशनरत् श्रमिकहरु र प्रशासनमाझ बैठक

98fa68a9-cdc9-4753-beda-92a08702aae3

बैठकपछि पनि अनशन समाप्त गर्न सकेन प्रशासनले

खरसाङ: खरसाङको लङ्भ्यू चियाबारीमा गत ९५ दिनदेखि बसेको भोक हड्ताललाई अब फिर्ता लिने आग्रह गर्दै सोमवार प्रशासनका अधिकारी अनि राज्य सरकारका प्रतिनिधिहरू तथा श्रमिक सङ्गठनहरूमाझ यहाँको लङ्भ्यू सार्वजनिक भवनमा बसेको बैठकले पनि भोक हड्ताललाई उठाउन सकेन। बैठकमा पुलिस प्रशासनका उच्च अधिकारीहरू, खरसाङ खण्ड विकास अधिकारी लगायत प्रशासनका अन्य अधिकारीहरू, पीएफ कार्यालय, श्रम विभागका प्रतिनिधिहरू तथा राज्य सरकारको पक्षबाट खरसाङका विधायक सोनाम लामा उपस्थित थिए भने यता विभिन्न राजनीतिक दलका श्रमिक संगठनका प्रतिनिधिहरू अनि आन्दोलित हिल प्लान्टेसन इम्प्लोइज युनियनका प्रतिनिधिहरू उपस्थित थिए।
बैठकमा विधायक सोनाम लामाले आफू जन प्रतिनिधि भएको नाताले पनि आग्रह गर्दै राज्य सरकार अनि प्रशासनको पक्षबाट अनशनलाई समाप्त गर्ने आग्रह गरे। बैठकपछि विधायक सोनाम लामा अनि श्रमिक संगठनको पक्षबाट सुमेन्द्र तामाङले बैठक अनि श्रमिकहरूको माग तथा आन्दोलनबारे जानकारी गराएका छन्।

About Author

Advertisement