खरसाङ: महानदी तीनधारे समष्टिको घैयाबारीमा घैयाबारी शहीद दिवस आयोजक समितिको आयोजना शहीद दिवस समारोह सम्पन्न गरिएको छ। उक्त शहीद दिवस कार्यक्रमको अध्यक्षता सुरज तामाङले गरेका थिए भने कार्यक्रमलाई शंकु खवासले सञ्चालन गरेका थिए। कार्यक्रममा उपस्थित सबैले घैयाबारीमा रहेको शहीद वेदीमा शहीदहरुलाई श्रध्दाञ्जली अर्पण गरेका थिए। कार्यक्रममा गोर्खाल्याण्ड आन्दोलनमा घैयाबारी क्षेत्रबाट शहीद भएका पाँचजनाको परिवारलाई आयोजक समितिको तर्फबाट सम्मान जनाइएको छ। कार्यक्रममा अर्जुन योञ्जन र अर्चना छेत्रीले कविता वाचन गरेका थिए। कार्यक्रममा भुषण थापा र दिप सन्यासीले सम्बोधन गर्दै गोर्खाल्याण्ड आन्दोलनमा शहीद भएका शहीदहरुलाई श्रध्दाञ्जली अर्पण गरेका थिए भनी घैयाबारीबाट केवल राईले जानकारी दिएका छन्।










