गोजमुमोद्वारा खरसाङमा शहीद दिवस पालन

85dd1ccf-369a-4dfa-990f-31683008def7

खरसाङ: गोर्खा जनमुक्ति मोर्चा खरसाङ महकुमा समितिको आयोजनामा पनि शहीद समारोह सम्पन्न गरिएको छ‌। गोजमुमो खरसाङ महकुमा समितिको कार्यालयमा सम्पन्न शहीद दिवस समारोह गोजमुमो खरसाङ महकुमा समितिको सभापति योगेन्द्र राईको अध्यक्षतामा सम्पन्न भएको छ। शुरुमा सर्व धर्म प्रार्थना गरेर विधिवत् रूपमा गोर्खाल्याण्ड आन्दोलनमा शहीद भएका शहीदहरुलाई श्रध्दाञ्जली अर्पण गरिएको छ। कार्यक्रममा उपस्थित गोजमुमोका पदाधिकारीहरुले कार्यालयमा बनाइएको शहीद बेदीमा शहीदहरुलाई श्रध्दाञ्जली अर्पण गरेका छन्। यस अवसरमा गोजमुमो केन्द्रीय उपाध्यक्ष प्रदीप प्रधान र खरसाङ महकुमा समितिको सभापति एवं पूर्व सभासद योगेन्द्र राई सम्बोधन पनि गरेका थिए। दुवैले शहीदहरुलाई श्रध्दाञ्जली अर्पण गर्दै शहीदहरुको बलिदान खेर जानु हुँदैन भन्दै शहीदकाे सपना साकार पार्नु पर्ने सबैलाई आह्वान गरेका छन्। खरसाङ महकुमा समितिको सचिव रोहित स्याङ्बोले सञ्चालन गरेका थिए। यस शहीद दिवस समारोहमा गोजमुमो खरसाङ महकुमा समिति र खरसाङ टाउन कमिटीका पदाधिकारीहरु उपस्थित रहेका थिए।

About Author

Advertisement