कारगिल विजय दिवस तथा शहीद दिवसको अवसरमा भाजपाद्वारा वीर शहीदहरूलाई श्रद्धाञ्जली कार्यक्रम

68df145f-bc12-4f42-8d80-76377af147a9

खरसाङ: कारगिल विजय दिवस तथा शहीद दिवसको पावन अवसरमा भारतीय गोर्खा पूर्व सैनिक संगठन चिम्नी देवराली ग्राम पञ्चायत खरसाङ इकाई तथा भाजपा खरसाङ टाउन चिम्नी देवराली मण्डल ११ को संयुक्त आयोजनामा राष्ट्रका अमर वीर शहीदहरूको सम्मानमा श्रद्धाञ्जली कार्यक्रम सम्पन्न भयो।कार्यक्रममा खरसाङ क्षेत्रका वीर सपूत शहीद स्व सन्तोष गुरुङ तथा शहीद स्व दीपक तामाङको राष्ट्रप्रतिको अतुलनीय योगदान र सर्वोच्च बलिदानको स्मरण गर्दै उहाँहरूका परिवारलाई सम्मानस्वरूप स्मृति चिन्ह प्रदान गरियो। उक्त अवसरमा उपस्थित वक्ताहरूले राष्ट्रको सार्वभौमिकता, अखण्डता तथा सुरक्षाको रक्षा गर्दै आफ्नो जीवन राष्ट्रका लागि समर्पण गर्ने सम्पूर्ण वीर शहीदहरूप्रति गहिरो सम्मान व्यक्त गरे। कारगिल युद्धमा भारतीय सेनाले प्रदर्शन गरेको अदम्य साहस, वीरता र राष्ट्रभक्तिको स्मरण गर्दै शहीदहरूको त्याग र बलिदान सदैव राष्ट्रका लागि प्रेरणाको स्रोत रहने विश्वास व्यक्त गरियो। कार्यक्रममा सहभागी सबैले वीर शहीदहरूको सम्झनामा मौन श्रद्धाञ्जली अर्पण गर्दै “बलिदान परम धर्म” को भावनालाई आत्मसात् गरी राष्ट्रको एकता, अखण्डता र राष्ट्रिय हितको संरक्षणमा सदैव प्रतिबद्ध रहने सङ्कल्प व्यक्त गरे। उक्त श्रद्धाञ्जली कार्यक्रम भारतीय गोर्खा पूर्व सैनिक संगठन, चिम्नी देवराली ग्राम पञ्चायत, खरसाङ इकाई तथा भाजपा खरसाङ टाउन चिम्नी देवराली मण्डल ११ को संयुक्त आयोजनामा सम्पन्न भएको थियो।

About Author

Advertisement