नयाँ कमानमा भईरहेको नगदराशि फुटबल टुर्नामेन्टको उपाधि युनाइटेड एफसी दार्जिलिङको झोलीमा

5329bc98-9438-4054-b9bd-7a0aa2e35ba8

खरसाङ: तीनधारे महानदी समष्टिको नयाँ कमान युथ् क्लबद्वारा आयोजित नकआउट फुटबल प्रतियोगिताको फाइनल खेल सम्पन्न भएको छ।
गत २ जूनदेखि शुरू भएको प्रतियोगितामा जम्मा 40 वटा टोलीको सहभागिता रहेको थियो। प्रतियोगिताको फाइनल खेल युनाइटेड एफसी दार्जिलिङ र हिमाली युवा संघ सिलगढीबीच भएको थियो। अत्यन्त रोमाञ्चक बनेको खेलमा गणेश लिम्बुको ह्याट्रिकले युनाइटेड एफसी दार्जिलिङ प्रतियोगिताको च्याम्पियन बन्न सफल भएका छन्। उत्कृष्ट प्रदर्शनका लागि गणेश लिम्बुले ‘म्यान अफ द म्याच’ साथै ‘म्यान अफ द टुर्नामेन्ट’ को पुरस्कार पनि प्राप्त गरेका छन्। त्यसैगरी भवेश मुखियाले ‘बेस्ट गोलकिपर’ र सुब्रोतो साईबोले ‘बेस्ट डिफेन्डर’ को उपाधि प्राप्त गरेका छन्।

फाइनल खेल अघि स्थानीय नानीहरूले सांस्कृतिक नृत्य प्रस्तुत गरिएको थियो साथै रोहिणी एफसी भेटरन र नयाँ कमान एफसी भेटरनबीच आयोजित च्यारिटी म्याचमा नयाँ कमान एफसी भेटरेन विजयी बनेका थिए। समापन समारोहमा तीनधारे–महानदी समष्टिको २ नम्बर बस्तीका खेलाडी गणेश लिम्बु अनि नयाँ कमान चियाबारीका कवि मिलन प्रधानलाई आयोजक समितिको तर्फबाट सम्मान गरिएको थियो। प्रतियोगिताको विजेता टोली युनाइटेड एफसी दार्जिलिङलाई ट्रफीसहित नगद तीस हजार प्रदान गरिएको थियो भने उप विजेता हिमाली युवा संघ, सिलगढीलाई पनि ट्रफीसहित नगद पुरस्कार बीस हजार प्रदान गरिएको आयोजक समितिले जनाएका छन्।

About Author

Advertisement