लङभ्यू भोक हडतालको दोस्रो चरणको ७२ घण्टे अनशनमा तीनजना अनशनकारीको स्वास्थ्य अवस्था बिग्रँन्दो

IMG-20260618-WA0077

खरसाङ: पीएफको १२ करोड रुपियाँ, ग्राजुएटीको ८४ लाख रुपियाँ, एलटीएको २० लाख रुपैयाँ तथा ज्याला–वेतनलगायतका बाँकी रकम भुक्तानीको माग गर्दै खरसाङको लङभ्यू चिया बगानका श्रमिकहरू आन्दोलनरत छन्। विगत ५५ दिनसम्म श्रमिकहरूले क्रमिक अनशन गरेका थिए। तर मालिक गोविन्द गर्ग र सम्बन्धित श्रम विभागबाट सकारात्मक पहल नहुँदा आन्दोलनलाई थप प्रभावकारी बनाउने उद्देश्यले गत १३ जुनदेखि ७२ घण्टे अनशन सुरु गरिएको थियो। पहिलो चरणको अनशन सम्पन्न भएपछि हाल लङभ्यूको साई मन्दिर परिसरमा दोस्रो चरणको ७२ घण्टे अनशन जारी रहेको छ। दोस्रो चरणको ७२ घण्टे अनशनले आज ५३ घण्टा पूरा गरेको छ।

अनशनकारीहरू लविन विश्वकर्मा, तनुजा लामा र अनुपा तामाङको स्वास्थ्य अवस्थामा समस्या देखिएको छ। उनीहरू चक्कर लाग्ने, वान्ता हुने, ज्वरो आउने, टाउको दुख्ने तथा रक्तचाप कम (लो ब्लड प्रेसर) हुने समस्याबाट पीडित छन्। स्वास्थ्यकर्मीहरूले अनशनकारीहरूको नियमित स्वास्थ्य परीक्षण गर्दै आवश्यक उपचार तथा निगरानी गरिरहेका छन्। आन्दोलनकारीहरूले आफ्ना जायज मागहरूको शीघ्र सम्बोधन गर्न सम्बन्धित पक्षसँग पुनः आग्रह गरेका छन्।

About Author

Advertisement