जीटीएको सभासद पदबाट अनोश थापाको राजीनामा

IMG-20260618-WA0079

खरसाङ: जीटीएको सूचना अनि सांस्कृतिक विभागको कार्यकारी सभासद एवं सोनादा पचेङ समष्टिको सभासद अनोश थापाले पनि राजीनामा दिएका छन्। उनले जीटीएको सभासदबाट राजीनामा दिएको विषयमा एक भिडियो जारी गर्दै भने, राजीनामा दिनुको मुख्य उद्देश्य हामी गोर्खाहरुको अटोनोमस बडी जीटीएमा थियौं। तर बंगाल गोर्खाहरुको सकरात्मक थिएन। तर अहिले राज्य र केन्द्र दुवैमा गोरखाहरुलाई माया गर्ने सरकार बनिएको छ। यस्तो अवस्थामा जीटीए गोर्खाल्याण्ड, युटी र राजनीतिक समाधानको लागि सरकार भएको छ। त्यसर्थ जनताको आकांक्षा पूरा गर्न जीटीएबाट राजीनामा दिएको हो।’
उनले अघि भने, हामी राज्यसित नै मिलेर काम गर्ने भएकोले हामी बाध्यतामा जीटीएको चौकीमा बसेका हौँ। तर अहिले परिस्थिति अर्कै छ र हामी जनताको लागि जीटीएको चौकी छोड्न चाहान्छौं। हामी विश्वास गर्छौँ कि डबल इञ्जिनको सरकारले गोर्खाहरुको लामो समयदेखि रहेको स्थायी राजनैतिक समाधान हुनेछ। जनताले पनि यही कुराको आशा राखेका छन्।

About Author

Advertisement