खरसाङ: खरसाङको लङभ्यू चिया बगानमा चलिरहेको आन्दोलनलाई एकवद्ध जनाउन मिरिकमा सडक अभियान गर्ने भएका छन्। लङभ्यू अनशन स्थलबाट आज युवा साथै आन्दोलनकारी श्रमिकहरूले मिरिक क्षेत्रका जनसाधारणलाई श्रमिक आन्दोलनप्रति सहयोग गरिदिन अपिल गरेका छन्। यस क्रममा संयोजिका सेमिका लामा, श्रमिकहरू दुवै कविता पाखरिङ र विन्दिया थापाले आज पत्रकार सम्मेलन गर्दै भोलि आफूहरू मिरिक क्षेत्रको भ्रमणमा रहने जानकारी दिएका छन्। मिरिक झिल परिसरमा आफूहरूको विविध प्रकारका कार्यक्रम रहेको जनाउँदै उनीहरूले लङभ्यू श्रमिक आन्दोलन प्रति एकवद्धता जनाइ दिने अनुरोध गरेका छन्।









