२५ जुलाईः पहाड़ी युवा संघ, रोंगचोंगको आयोजनमा ओपन नक्आउट फूटबल टुर्नामेण्टको आयोजन हुन गइरहेको छ। आउँदो ५ सेप्टेम्बरदेखि शुरु हुने यस टुर्नामेण्टको फाइनल २ अक्टोबरमा खेलिनेछ। लोहापुल (एनएच १०) नजिक रोंगचोंग खेल मैदानमा हुने यस सेभेन ए साइड टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई ट्रफीको साथमा १ लाख १० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनर अप् हुने टीमलाई ट्रफीको साथमा ६० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। टुर्नामेण्टमा अंशग्रहण गर्न इच्छुक टीमहरूका निम्ति पञ्जीकरण शुल्क ३ हजार रुपियाँ तोकिएको छ।











