वर्ल्ड रेकर्डको दिनः १०० मीटर वाधा दौड़मा टोबी अनि पोल भल्टमा डुप्लाण्टिसलाई स्वर्ण पदक

IMG-20220725-WA0099.jpg

२५ जुलाईः वर्ल्ड एथलेटिक्स च्याम्पियनशीपमा सोमवारको दिन वर्ल्ड रेकर्डको नाम रह्यो। अमेरिकाको यूजीनमा जारी विश्व च्याम्पियनशीपमा एकै दिनमा तीनपल्ट वर्ल्ड रेकर्ड तोड़ियो। यसमा दुईपल्ट त नाइजेरियन स्प्रिण्टरले नयाँ रेकर्ड बनाइन्। यसबाहेक एउटा रेकर्ड स्वीडेनका एथलीट मोण्डो डुप्लाण्टिसले पोल भल्टमा बनाए। नाइजेरियाकी स्प्रिण्टर टोबी अमुसानले वर्ल्ड एथलेटिक्स च्याम्पियनशीपमा महिलाहरूकी १०० मीटर वाधा दौड़ (हर्डल) इभेण्टमा विश्व रेकर्ड तोड़िन्। २५ वर्षीय अमुसानले २ घण्टाभित्र आफ्नै रेकर्ड तोड़िन्। टोबीले पहिला सेमिफाइनलमा १२.१२ सेकेण्डको समय लिएर नयाँ वर्ल्ड रेकर्ड बनाइन् अनि फाइनल रेसको निम्ति क्वालीफाई गरिन्। त्यसको ठीक दुई घण्टापछि भएको फाइनल रेसमा उनले आफ्नो टाइमिंगलाई सुधार्दै १२.०६ सेकेण्ड गरिन्। यसको साथै उनले वर्ल्ड च्याम्पियनशीपमा महिलाहरूकी १०० मीटर वाधा दौड़मा स्वर्ण पदक जितिन्। यस स्पर्धामा जमैकाकी ब्रिटनी एण्डरसनले १२.२३ सेकेण्डको समय लिएर रजत अनि पुर्तो रिकोकी जेस्मीन केमाको-क्विनले १२.२३ सेकेण्डको समयसहित काँस्य पदक जितिन्। अमुसानले पहिला अमेरिकी धाविका केन हेरिसनकी ६ साल पुरानो रेकर्ड तोड़िन्। साल २०१६-मा हेरिसनले १२.२० सेकेण्डमा रेस पूरा गरी रेकर्ड बनाएकी थिइन्।

यसरी नै पोल भल्ट स्पर्धाको फाइनलमा स्वीडेनका एथलीट मोण्डो डुप्लाण्टिसले ६.२१ मीटरको जम्प लगाएर नयाँ वर्ल्ड रेकर्ड बनाए। उनले पनि आफ्नै रेकर्डमा सुधार गरे। यस स्पर्धामा अमेरिकाका क्रिस्टोफर निल्सन (५.९४ मीटर)-ले रजत र इरनिस्ट जन अबीना (५.९४ मीटर)-ले काँस्य पदक जिते। उल्लेखनीय छ, शनिवार अमेरिकी धावक सिडनी म्याकलघिनले ५०.६८ सेकेण्डको समयसहित ४०० मीटर वाधा दौड़ स्पर्धामा वर्ल्ड रेकर्ड बनाएकी थिइन्। उनले २८ दिन अघि यूएसए च्याम्पियनशीपमा बनाएको आफ्नै रेकर्ड (५१.४१ सेकेण्ड)-लाई पछि छोड़ेकी थिइन्।

About Author

Advertisement