विपक्षी दलले विदेशबाट खेताला ल्याएको प्रमाणित भएको छः जेकब खालिङ
गान्तोक: सिक्किम क्रान्तिकारी मोर्चा पार्टीको क्षेत्रस्तरीय सांगठनिक जनसभा आज रिन्चेपोङ समष्टिमा भव्यताको साथमा सम्पन्न भयो।
आजको क्षेत्रस्तरीय सांगठनिक जनसभामा मुख्य अतिथिको रुपमा सिक्किम विधानसभाका उपाध्यक्ष साङ्गे लेप्चा उपस्थित थिए भने विशिष्ट अतिथिको रूपमा सिक्किम क्रान्तिकारी मोर्चा पार्टीका कृषि प्रकोष्ठका उपाध्यक्ष एवं मन्त्री लोकनाथ नेपाल, प्रवक्ता एवं संगठनका प्रमुख संयोजक जेकब खालिङ, संगठनका उपाध्यक्ष प्रभारी पवित्र मानव, सांसद डा. इन्द्रहाङ सुब्बा लगायत पार्टीका विशिष्ट पद अधिकारीहरुको उपस्थिति रहेको थियो।
जनसभालाई सम्बोधन गर्दै सिक्किम क्रान्तिकारी मोर्चा पार्टीका (संगठन) उपाध्यक्ष्य प्रभारी पवित्र मानवले सिक्किम क्रान्तिकारी मोर्चा पार्टीको सरकारले सिक्किमे जनताको निम्ति शुरु गरेको विभिन्न विकाशीय कार्यहरूबारे जानकारी गराए। गरीब जनताको मर्मलाई बुझेर अनि सबैको जीवन स्तरलाई वृद्धि गर्नेहेतु राज्यका मुख्यमन्त्री प्रेमसिंह तामाङले जनताको निम्ति विभिन्न योजनाहरू अघि ल्याएको सबैलाई प्रकाश परे। यसका साथै अब यो निर्वाचन क्षेत्रले सबैसँग हातेमालो गरेर क्षेत्रको विकाशको निम्ति आगामी आम चुनावमा टेबल ल्याम्पको चिन्हमा सिक्किम क्रान्तिकारी मोर्चा पार्टीको उम्मेदवारलाई विजयी गराउनु पर्ने पनि आग्रह गरे।
यसरी नै क्षेत्रस्तरीय सांगठनिक जनसभालाई सम्बोधन गर्दै प्रवक्ता जेकब खालिङले अब आगामी महिनामा सरकारले जनतालाई वितरण गर्ने विभिन्न सहुलियतहरुबारे सबैलाई प्रकाश परे। सिक्किमे जनता दही जस्तो जमेर बसेकोलाई छताछुल्ल पार्न विपक्षी दलले देश बाहिरबाट खेतालाहरू ल्याएको प्रमाणित भइसकेको पनि उनले बताए। तर जतिनै षड्यन्त्र गरे पनि यसको उत्तर जनताले दिने विश्वास व्यक्त गरे। अब विपक्षी पार्टी र नाइकेको सिक्किमे जनतालाई जात जातमा विभाजन गर्ने घृणित राजनीति टिक्दै नटिक्ने पनि खालिङले ठोकुवा गरे।
यसै क्रममा किसान प्रकोष्ठका उपाध्यक्ष प्रभारी एवं कृषि मन्त्रीले मूख्यमन्त्री प्रेमसिंह तामाङले देशमानै कुशल अनि दक्षताको साथमा सरकार सञ्चालन गरीरहेको सबैलाई जानकारी गराए। यो देशमा नै अहिने शोधको विषय रहेको बताए। सिक्किम अनि सिक्किमे जनताको भविष्य सुधार्ने अनि बचाउनेले होइन तर केवल सिक्किम क्रान्तिकारी मोर्चा पार्टीको सरकारले मात्र निर्माण गर्ने उनले बताए। यसैले अब सबै क्रान्तिकारी कार्यकर्ताहरुले अनुशासनत्मकताको साथमा अघि बढेर अघि जानु पर्ने आग्रह गरे।










