गेजिङ-बर्मेक समष्टिको लिङ्चोममा जनचेतना एवं ग्वाला समावेशी कार्यक्रम सम्पन्न

IMG-20240109-WA0235.jpg

गेजिङ: सिक्किम दूध सहकारी संगठनको तत्वावधानमा आज गेजिङको लिङचोममा जनचेतना साथै ग्वाला समावेशी कार्यक्रम सम्पन्न भयो। राष्ट्रिय डेरी विकास योजना अन्तर्गत आयोजित कार्यक्रममा युनियनका अध्यक्ष यम कुमार शर्माले अध्यक्षता गरेका थिए।

यसबाहेक कार्यक्रममा दूध उत्पादन सहकारी समितिका प्रबन्धन निर्देशक डाक्टर टीबी घतानी, स्रोत वक्ताको रुपमा उपस्थित सहकारी विभागबाट अजित गुरुङ, बोड डाइरेक्टर पूर्ण बहादुर छेत्री, पशुपालन विभागबाट रिञ्छेन भोटिया लगायत ३ सयभन्दा अधिक ग्वालाहरुको उपस्थिति रहेको थियो।

बङ्तेन सापोङ, सर्दोङ याङ्थाङ, लिङ्चोम याङ्ते गेजिङ लगायतका ग्वाला कृषकहरुले यस जागरुक कार्यक्रममा सहभागिता जनाएका थिए। जनचेतना कार्यक्रममा मुख्यत गौपालन व्यवसाय, दूधको बढ़ोत्तरी, गाइको बिमारी सम्बन्धी, ग्रामीण भेगमा सञ्चालित दूध उत्पादन समितिको कार्यक्रम अनि समितिको कार्य प्रणाली साथै गाइ पालन व्यवसायमा सरकारको सहयोग साथै योजना माथि जागरुक गराइएको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै विभागका प्रबन्धन निर्देशक डा. टीबी घतानीले सिक्किम राज्यमा वर्तमान समयमा दूधको क्रान्ति लिएर कृषकहरुलाई फाइदा पुऱ्याउने कार्य गरेको बताएका छन्। विशेषत हामीले दूध उत्पादन सहकारी समिति के हो यसले के फाइदा हुनेछ भन्ने कुरा ग्वालाहरुले जानुपर्ने कार्यक्रम रहेको बताए। १९८०-मा स्थापना भएर चल्दै आएको समितिले वर्तमानमा धेरै ग्वालाहरूको हितमा काम गरेको बताएका छन्।

गाइ पालन व्यवसाय नै उत्तम पेसा हो भन्दै गाइको प्रजाति र दूध उत्पादनमा जानकारी दिए। गुणस्तरीय स्वच्छ दूध उत्पादन गर्न, हर-हिसाब गर्न अनि मासिक गन्थन, सचिवलाई सहयोग, समिति र संगठनको सम्पत्तिको सामूहिक सुरक्षा अनि समितिलाई भावी पीढ़ीको निम्ति पनि दिगो बिकास रहेको बताए।

यस जनचेतना कार्यक्रमका सभाअध्यक्ष एवं सिक्किम सहकारी समितिका अध्यक्ष यम कुमार शर्माले सिक्किम सरकार अनि दूध उत्पादक सहकारी संगठनमार्फत दूध उत्पादनमा बढ़ोत्तरी गरी ग्रामीण अर्थतन्त्रमा सुधार ल्याउन शुरु गरिएका योजनाहरू, सुविधा अनि सहुलियतबारे जागरुकता गराएका छन्। उनले ग्वालाहरूको संगठनमा संकलन गरिएको दूधको प्रौद्योगिकीकरण, बजारीकरण, उचित मूल्य भुक्तान, स्वामित्व अनि संगठनको नियन्त्रण विषय सचेतना गराएका थिए। सरकारले दुधको इसेन्टिभ ग्वालाहरुलाई दिन थालेपछि राज्यमा गौपालन व्यवसाय फस्टाएको बताउँदै ग्वालाका नानीहरुले उच्च शिक्षा प्राप्त गर्न सरकारको प्रावधान रहेको र शिक्षित युवाहरुले पनि यस पेसाबाट आत्मनिर्भर बनाउने विषयहरूमा जागरूकता गराए।

About Author

Advertisement