राष्ट्रिय गीत ‘वन्दे मातरम्’ को अपमान गरे ३ वर्ष जेल सजाय प्रस्ताव

688bac60-2684-40ca-90bb-f63b769e921d

अमित शाहले सोमबार विधेयक पेस गर्ने

नयाँ दिल्ली:भारत सरकारले राष्ट्रिय गीत ‘वन्दे मातरम्’ को अपमान गर्ने वा यसको गायनमा अवरोध पुर्‍याउनेलाई तीन वर्षसम्मको जेल सजाय हुने कानुनी व्यवस्था प्रस्ताव गरेको छ। केन्द्रीय गृह मन्त्री अमित शाहले संसद्को चालु हिउँदे/वर्षे (मनसुन) अधिवेशनअन्तर्गत सोमबार राज्यसभामा यस सम्बन्धी विधेयक पेस गर्दै छन्।
​प्रस्तावित ‘वन्दे मातरम् विधेयक’ ले राष्ट्रिय गीतलाई राष्ट्रगान ‘जन गण मन’ सरहकै कानुनी संरक्षण प्रदान गर्ने लक्ष्य राखेको छ। विधेयक संसद्का दुवै सदनबाट पारित भएमा यसले ‘राष्ट्रिय सम्मानको अपमान रोकथाम ऐन’ (प्रिभेन्सन अफ इन्सल्ट्स टु नेसनल अनर एक्ट) मा संशोधन गर्नेछ।
​कडा सजायको व्यवस्था
विधेयकको मस्यौदाअनुसार कुनै पनि व्यक्तिले नियतवश राष्ट्रिय गीतको अपमान गरेमा, यसलाई गाउनबाट रोकेमा वा गायन भइरहेको सभा-समारोहमा अवरोध सिर्जना गरेमा तीन वर्षसम्मको कैद, जरिवाना वा दुवै सजाय हुन सक्नेछ। हालको कानुनी व्यवस्थाले राष्ट्रगानको हकमा मात्र यस्तो सजाय र सम्मानलाई अनिवार्य गरेको छ।
​गृह मन्त्रालयको परिपत्र
यो कानुनी कदमअघि गृह मन्त्रालयले गत जुलाई ९ मा सबै राज्य सरकारहरूलाई एक निर्देशिका जारी गरेको थियो। जसमा सरकारी कामकाज वा औपचारिक कार्यक्रमहरूमा राष्ट्रगान ‘जन गण मन’ प्रस्तुत गर्नुअघि अनिवार्य रूपमा ‘वन्दे मातरम्’ बजाउन भनिएको थियो।
नयाँ कानुन लागू भएपछि ‘वन्दे मातरम्’ को अपमान पनि राष्ट्रिय झन्डा, संविधान र राष्ट्रगान सरहकै फौजदारी अपराध (क्रिमिनल अफेन्स) मानिनेछ।

About Author

Advertisement